|

सुनसरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कूटनीतिक पहल नगर्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको बताएका छन्। 

प्रेस युनियन इटहरी नगरसमितिले शनिबार बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप लगाए। तराईका डुबान तथा बाढीले प्रभावित जिल्लाको निरीक्षणमा निस्किएका उनले बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको समेत जिकिर गरे।

तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली भएको पाएको बताउँदै देउवाले राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता गरे। उनले पीडितहरुको राहत र पुनस्र्थापनामा प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गरे। 

देउवाका अनुसार कांग्रेस संसदीय दलको निर्णयअनुसार संघीय सांसदहरुले पाँच दिनको र प्रदेश सांसदहरुले १० दिनको तलब दिने निर्णय गरेका छन्। शुक्रबार सिरहा र सप्तरीका बाढी पीडितहरुको अवस्था बुझ्न त्यहाँ पुगेका देउवाले   शनिबार बिहान सुनसरीका बाढी तथा डुबानग्रस्त क्षेत्र अवलोकन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.