हिमालपारिका सरकारी कार्यालयमा सेवाग्राही पाउनै मुस्किल

|

मनाङ : देशका अधिकांश जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गर्छ। जिल्ला प्रशासनदेखि मालपोत कार्यालय सधैँ भिडभाड हुन्छन्। तर, हिमालपारिको जिल्ला मनाङमा भने कर्मचारीले सेवाग्राहीको प्रतीक्षा गरेर बस्नुपर्छ।

जिल्ला अदालत, जिल्ला प्रशासन मालपोत जस्ता कार्यलय सुनसान जस्तै छन्।  प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार दिनभर कार्यकक्षमा सेवाग्राहीको प्रतीक्षामा दिनचर्या बितेको छ।

उनी भन्छन्, 'दिनभर कार्यकक्षमा एक्लै बसिरह्यो कोही आउँदैनन्' उनले थपे, 'मेरो कार्यकक्षमा मात्र होइन अन्य कोठाहरूमा समेत सेवाग्राही आइपुगेका हुँदैनन्।

आर्थिक वर्ष ०७४र०७५ मा एकसय ८५ नयाँ र एकसय ९ वटा प्रतिलिपि नागरिकता वितरण भएकोमा आर्थिक वर्ष ०७५र०७६ मा ९७ वटा नयाँ र ६८ वटा प्रतिलिपि नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी देवकोटाको भनाइ छ। त्यस्तै आर्थिक वर्ष ०७५र७६ मा द्रुत सेवा राहदानी सिफारिस एक सय ४१ वटा र केन्द्रबाट प्राप्त भएका राहदानी ३० वटा वितरण गरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

मनाङका सरकारी कार्यालयमा सेवाग्राही त भेटिँदैनन् नै। तर कतिपय कार्यालयमा प्रमुख भेटिनु पनि मुश्किल नै छ। कम जनसंख्या र भएको जनसंख्याको पनि बाहिर बसाइका कारण सेवाग्राही निकै कम आउने गरेको सरकारी कार्यालयका प्रमुखहरू बताउँछन्। जिल्ला प्रशासन कार्यालय, गाउँपालिकाहरु तथा वडा कार्यालयमा समेत दैनिक सेवाग्राही कम आउने गरेको कर्मचारीहरूले बताएका छन्।

हिमालपारिको जिल्लाका नामले परिचित मनाङमा दुई हजार ८ सय ७७ पुरुष र ३ हजार ६ सय ६१ महिला गरी ६ हजार ५ सय ३८ जनसंख्या रहेको छ।  त्यस्तै, जिल्लामा रहेको मालपोत कार्यलयमा पनि खासै कामहरु भएको पाइँदैन। मालपोत कार्यालमका प्रमुखका अनुसार यस जिल्लामा घर जग्गा खरिद बिक्रीको काम त्यति नहुने हुँदा मानिसहरुको चाप हुँदैन। महिनामा १ दुईवटा काम आउने गरेको उनको भनाइ छ।

'जिल्ला अदालतमा नयाँ मुद्दा दर्ता नै हुँदैन बादी प्रतिवादीको त काम नै छैन। पुराना ४ वटा मुद्दाबाहेक अरू मुद्दा छैन।' सेवाग्राही कताबाट आउने जिल्ला अदालतको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.