२ महिनामै सञ्चालनमा आउने

|

चितवन : नेपालकै पहिलो पानी जहाज रिभर क्रुजशिप चितवनमा निर्माण भइरहेको छ। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुर महानगरपालिका १६ काभ्रेघाटमा क्रुजशिप निर्माण गरिरहेको छ।

प्रालिले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी निर्माणका प्रक्रिया, तयारी, लागतलगायत विभिन्न विषयमा जानकारी गराएको हो। क्रुजशिप करिव ३५ करोड लगानीमा निर्माण सम्पन्न हुने प्रालिका प्रबन्धक निर्देशक रामचन्द्र कंडेलले जानकारी दिए। क्रुजशिप अबको २ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको जनाइएको छ।

सो क्रुजशिपमा एकपटकमा २०० जनालाई सेवा दिन सकिने प्रालिले जनाएको छ। काभ्रेघाटबाट सुरु भइ देवघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालन तयारी गरिरहेको छ। क्रुजसिप २ तल्ला, करिव १०० फिट लम्बाई र २५ फिट चौडाइको हुने जनाएको छ। क्रुजलाई ३ सिफ्टमा सञ्चालन गर्ने योजना रहेको छ। बिहान ब्रेक खाँदै, अपरान्ह खाना नै क्रुजमा खाँदै र साँझ डिनर क्रुज हुने प्रालिले जनाएको छ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण पक्षले लिएको छ। नेपाल सरकारको कानुनी व्यवस्थाअनुसार पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० बमोजिम संचालन अनुमती लिएर निर्माण कार्य अघि बढाइएको प्रालिले जनाएको छ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा विशेष सावधानी अपनाउँदै निर्माण योजना र आवश्यक पूर्वतयारी गरिरहेको प्रबन्धक कंडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.