|

दैलेख : जिल्लाको आठबिस नगरपालिका-१ को वडा कार्यालयमा विप्लव कार्यकर्ताले तोडफेड गरेका छन्। सात्तलामा रहेको वडा कार्यालयमा शुक्रबार राति करिव २ बजेतिर तोडफोड गरेको स्थानीयले बताएका छन्।

ढोकाको ताला फोड्ने प्रयास गर्दा नजिकै रहेको स्थानीय मेडिकलमा बिरामी लिएर आएका स्थानीय थाहा आएपछि विप्लवका कार्यकर्ता भागेको र वडा कार्यालय आगजनी हुनबाट जोगिएको स्थानीय जनप्रतिनिधि कमला बिकले बताइन्।

'आगो लगाउनका लागि खोटोको कुल्पीसमेत कार्यकर्ताले ल्याएका थिए, स्थानीयको चहलपहल बढेपछि कार्यकर्ता भागे' एक स्थानीयले भने। विप्लव कार्यकर्ताले ढोकाको भित्तामा नेकपाल कम्युनिष्ट पार्टी भेरी कर्णाली व्यूरो भनेर प्रर्चासमेत टाँसेका छन्।

वडा कार्यालयको झ्याल ढोका फुटालिएको छ। घटनाको थप अध्ययनका लागि प्रहरी परिचालन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ। दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले प्रहरी पुगेपछि मात्र पूर्ण विवरण आउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.