|

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आफ्नो फुल सदस्यीय राष्ट्रलाई नै प्रतिबन्ध गर्‍याे।

सरकारी हस्तक्षेप र पारदर्शी रुपमा चुनाव गर्न नसकेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जिम्बावे क्रिकेटलाई निलम्बन गर्दा खेलाडीले चरम निरासा ब्यक्त गरेका छन्। 

क्रिकेटरको करिअर नै संकटमा

क्रिकेटमा भविष्य बनाउँदै आएका र क्रिकेटमानै समर्पित रहेका कतिपय खेलाडीले भने आइसीसीको निर्णयपछि चरम निरासा छाएको बताए। निलम्बनपछि धेरै क्रिकेटर कतिपय क्रिकेटरले निलम्बनसँगै आफ्नो क्रिकेट करिअर सकिएको पनि बताएका छन्। पूर्वकप्तान ब्रेन्डन टेलर, अलराउन्डर सिकन्दर राजा, सोलेमन मिर, फास्ट बलर कायल जर्विसलगायतले आइसिसीको निलम्बनले जिम्बावे क्रिकेटकाे भविष्यलाई अन्धाकारमा धकेलेको दाबी गरेका छन्।

अब जिम्बाबेले आइसिसीका कुनै पनि आधिकारिक प्रतियोगिता खेल्न पाउने छैन। निलम्बनसँगै आइसिसीले जिम्बाबेलाई दिँदै आएको आर्थिक सहायता पनि रोकेको छ। निलम्बनपछि निराश बनेका सिकन्दर राजाले आफूले यसरी खेलजीवन अन्त्य गर्न नचाहेको बताउँदै ट्विटरमा दुखेसो पोखेका छन्। उनले भने, ‘कसरी एउटा निर्णयले यतिधेरै मानिसलाई बेरोजगार बनायो। यतिधेरै परिवारलाई प्रभावित बनायो। एउटा निर्णयले यतिधेरै मानिसको करिअर प्रभावित गरिदियो। अन्तर्राष्ट्रिय क्रिकेटलाई म यसरी बिदाई गर्न चाहँदैन थिएँ।’

राजाले क्रिकेटसम्बन्धी न्यूज पोर्टल इएसपिएल क्रिकइन्फोसँगै कुरा गर्दै भने,‘अहिले हामी सबै स्तब्ध छौं। यसरी हाम्रो अन्तर्राष्ट्रिय करिअर कसरी अन्त्य हुन सक्छ। केवल एक खेलाडीको होइन। पुरै देशको अन्तर्राष्ट्रिय करिअर यसरी समाप्त हुन सक्छ। अहिले मैले जस्तो महसुस गरिरहेको छु। मेरा साथीले पनि त्यस्तै महसुस गरिरहनु भएको होला। हामी यहाँबाट कहाँ जाने? यसको केही समाधान छ?’

यसैगरी जिम्बाबे क्रिकेटका पूर्वकप्तान ब्रेन्डन टेलर जिम्बाबे क्रिकेटसँग सम्बन्धित धैरैको करिअर आइसिसीको एक निर्णयल समाप्त गरिदिएको दाबी गरे। यस्तै, फास्ट बलर कायल जर्विसले पनि सामाजिक सञ्जालमा लेख्दै यो निर्णयबाट आफूलगायत सम्पूर्ण खेलाडी निराश भएको प्रतिक्रिया दिए। 

सोलेमनको सन्यास

आइसिसीको नियम उल्लंघन गरेको भन्दै जिम्बाबे क्रिकेट निलम्बनमा परेसँगै जिम्बाबेका अलराउन्डर सोलेमन मिरले सन्न्यासको घोषणा गरेका छन्। सन्यासका बारेमा सोलेमनले इन्स्टाग्राममा लेखेका छन्, ‘मैले यसबारेमा सम्पूर्ण खेलाडी तथा टेक्निकल स्टाफलाई नेदरल्यान्ड र आयरल्यान्ड भ्रमणपछि नै जानकारी दिइसकेको थिएँ।’

‘म अहिले नै जिम्बाबे क्रिकेटको सबै फम्र्याटबाट सन्न्यास लिएको घोषणा गर्छु। यो आधिकारिक हो। यो दुर्भाग्यपूर्ण छ। यस्तो अवस्थामा क्रिकेट छाड्नु पर्‍यो। यो मेरो नियन्त्रणमा छैन। तर नयाँ सुरुवात गर्ने फैसला गरेको छु’ अलराउन्डर सोलेमनले भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.