|

धनगढी : नक्कली भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट नक्कली भारुको कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका दुईजना भारतीय नागरिकलाई शनिबार प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारत लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन्। उनीहरु सुन खरिद गर्ने उद्देश्यले धनगढी आएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले १ सय दरका ५ किसिमका नोट नम्बर भएको ४० हजार ९ सय नक्कली रुपैयाँ बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूबाट माहात्मा गान्धीको फोटो भएको ६बिडब्लु८१७६० (6BW81760) नम्बर उल्लेख भएको भारतीय १ सय दरका ९४ थान, ६८डब्लु८१७६१ (68W81761) नम्बर उल्लेख भएको २० थान, ६बिडब्लु८१७६२ (6BW81762) नम्बर उल्लेख भएको ९४ थान, ६बिडब्लु८१७६३ (6BW81763)  नम्बर उल्लेख भएका ८६ थान, ६बिडब्लु८१७६४ (6BW81764) नम्बर उल्लेख भएका १ सय १५ थान बरामद गरिएको हो।  पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जबरजस्ती करणी गर्ने १ जना पक्राउ

विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने १ जना पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका २२ अरविन्द सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

कैलालीको कैलारी गाउँपालिका–४बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले असार १० गते जबरजस्ती करणी गरी फरार रहेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य राखेको जानकारी दिए।

‘विवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको र पछि फरार रहेको भन्दै उजुरी परेपछि हामीले खोजतलासि सुरु गरेका थियौँ’ उनले भने, ‘सुनारलाई घरबाट पक्राउ गरिएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.