|

काठमाडौं : मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना राजनीतिक दलहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन्।

बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए। ‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समुहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (विपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मंचलगायतका नौं वटा राजनीतिक दलहरू आवद्ध रहेका छन्। देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दवाव दिन पनि आफूहरुले संयुक्त आन्दोलन सुरु गरेको पनि नेकपा मालेका महासचिव मैनालीको भनाई छ ।

नेपाली कांग्रेस (विपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दवाव दिन आफूहरू संयुक्त आन्दोलनमा होमिएको बताए। उनले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानबिनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। सो समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भीर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.