|

काठमाडौँ : अख्तिायर दुरूपयोग अनुसन्धान आयोगको टोलीले १४ लाख ६८ हजार रूपैयाँ घुससहित तीनजालाई पक्राउ गरेको छ। 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह उक्त घुससहित पक्राउ परेका हुन्।

उनीहरुसँगैसवारी चालक सुमन खड्का पनि पक्राउ परेका छन्। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार असार मसान्तमा सकेर घुस रकमसहित काठमाडौँ आउँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। घुस रकमसहित काठमाडौंमा आउँदै गर्दा शुक्रबार साँझ अधिकारी र शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले भक्तपुरबाट पक्राउ कोइरालाले बताए । 

अख्तियारको टोलीले सिँचाइ प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार रुपैयाँ घुसको रकम बरामद गरेको छ । इञ्जिनियर साहको साथबाट एक लाख ३० हजार रुपैयाँ घुसको रकम बरामद भएको छ । 

दोलखाबाट घुस रकम लिएर काठमाडौं आइरहेको सूचनाको आधारमा भक्तपुरको जगातीबाट उनीहरुलाई पक्राउ गरिएको कोइरालाले बताए। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.