समाज

ट्रायल परीक्षामा सिसिक्यामेरा : बिहान फिल्डमा, साँझ अफिसमा
SHARES

साउन ४, २०७६

    दाङ : यातायात व्यवस्था कार्यालय दाङले ट्रायल परीक्षा स्थानमा सिसिक्यामेरा जडान गरेको छ। कार्यालयले गत असार १ गतेदेखि तुलसीपुर ६ मा रहेको ट्रायल परीक्षा स्थानमा सिसिक्यामेरा जडान गरेको कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए। 

    ट्रायल परीक्षालाई चुस्त, दुरुस्त तथा मर्या्दित बनाउनका लागि  सिसिक्यामेरा जडान गरिएको उनले बताए। विभिन्न समयमा जन गुनासो र अख्तियारमा समेत उजुरी परेपछि नजितालाई पार्दशी बनाउन सिसिक्यामेरा जडान गरेको उनले बताए।  ट्रायल  दिने स्थानमा ५ वटा सिसि  जडान गरिएको र त्यही क्यामेराबाट निगरानी गरिदै आएको समेत उनको भनाइ छ।

    करिब डेढलाख लगानीमा क्यामेरा जडान गर्ने प्रदेशकै पहिलो कार्यालय रहेको समेत प्रमुख ढकालले बताए। उनले सिसिक्यामेरा जडान भएपछि आफूहरूलाई समेत फाइदा भएको जानकारी दिए। उनले भने, 'कसैले रिजेल्ट दिई चित्त नबुझेमा सिसिक्यामेराको भिडियो हेरेर के कस्तो रहेछ भन्ने थाहाँ पाउन सकिन्छ, रिजेल्ट  पनि पार्दशी हुन्छ।'

    तर ट्रायल स्थानमा पर्खाल नहुँदा सिसिक्यामेराको सुरक्षामा चुनौति देखिएको कार्यालयका सुब्वा लेटरबहादुर अधिकारीले बताए। 'चारैतिर खुल्ला ठाउँ छ', उनले भने, 'कसैले तोडफोड गरि दिन्छन कि भनी क्यामेरा ट्रालय हुने दिनमा जडान गर्दछौँ। ट्रायल सकिएपछि निकालेर अफिसमा राख्छौँ।' 

    त्यसैगरी विगत एक वर्षअघि कार्यालयमा समेत सिसिक्यामेरा जडान गरिएको उनले बताए। कार्यालयमा सिसिक्यामेरा जडान गरिएसँगै बिचौलिया प्रवेशमा कमी आएको समेत कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]