|

काठमाडौं : इन्टरनेटको पहुँच बढेसँगै इन्टेरियरको माग वृद्धि हुँदै गएको छ। नेपालीको रहनसहन परिवर्तन हुँदै जानु र इन्टरनेटको सहज पहुँच भएकाले इन्टेरियरको माग  वृद्धि भएको इन्टेरियर एसोसिएसन अफ नेपालले जनाएको छ। 

‘अहिले हरेकजसो मानिसले घर बनाउँदा सबैभन्दा पहिला इन्टेरियर (घर सजावट)को ख्याल गर्ने गर्छ,’ राजधानीमा आयोजित कार्याक्रममा एसोसिएसनका सचिव प्रार्थाना भट्टराईले भनिन्, ‘सिभिल इन्जिनियर, आर्किटेक्ट र इन्टेरियरको आवश्यकता एकसाथ पर्ने गरेको हो। मानिसले तीन कुरालाई एकसाथ लिएर अघि बढ्छन।’ 

केही वर्ष अघिसम्म घरलाई बाहिरी रुपमा मात्रै सजाउने गरिन्थ्यो। तर, अहिले घरलाई भित्री रुपमा सजाउने प्रचलन बढेको उनको भनाइ छ। 
एकातिर इन्टरनेटको वृद्धि हुँदै गएको र त्यसैले इन्टेरियरको माग बढ्दै गएको एसोसिएसनले जनाएको छ। 

भट्टराईका अनुसार अहिले दुई ओटा कलेजले नेपालमा इन्टेरियरको ब्याचलरसममको कोर्ष पढाइरहेको छ। यसले गर्दा पनि बजारमा नयाँ नयाँ  विद्यार्थी उत्पादनत भएइको एसोसिएसनले बताएको छ। पछिल्लो समय घर बनाउँदा वास्तुलाई एकदमै ख्याल गर्ने गरेका छन्। वास्तुलाई ख्याल गर्दा इन्टेरियरसँगै आउने हेरिटेज नेपालका प्रबन्ध निर्देशक कमल आचार्यले जानकारी दिए। 

एसोसिएसनका महासचिव श्यामबहादुर श्रेष्ठका अनुसार घरभित्रको सामग्रीलाई बैज्ञानिक तवरबाट मिलाउनका लागि इन्टेरियरको अत्यधिक महत्व हुन्छ। 
‘कुन सामग्रीलाई कसरी मिलाएर राख्दा कोठाको सौन्दर्यता बढ्छ, त्यो इन्टेरियर डिजाइनरले जानेको हुन्छ,’  महासचिव श्रेष्ठले भने। इन्टेरियरभित्र लाइटिङ, मार्वल, सोफा सजावटलगायतका सामग्रीलाई कसरी राख्ने भनेर ख्याल गरिने उनको भनाइ छ। 

एसोसिएसनका अनुसार बार्षिक रुपमा ३ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ। अहिले नेपालमा ३ हजार भन्दा बढी इन्टेरियर डिजाइनर छन्। त्यसमध्ये एसोसिएसनसँग २ सय जना आवद्ध छन्। 

नेपालमा बार्षिक रुपमा एक सय २० जना इन्टेरियर डिजाइनर थपिने गरेको एसोसिएसनले जनाएको छ।  इन्टरनेटको सहज पहुँच, नेपालमा सामूहिक तथा व्यवस्थित आवास बन्नु र नेपालीहरु विदेश आवात जावातले पनि इन्टेरियरको महत्व बढाएकोे एसोसिएसनका अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन्।

इन्टेरियर डिजाइनर गराउँदा घरको कोठालाई आकर्षक बनाउँछ। सुन्दरता ल्याउँछ र मनलाई आनन्दित बनाउने भएकाले हरेक मान्छेले घर बनाउँदा इन्टेरियलाई धेरै ख्याल गर्ने गरेको हेरिटेज नेपालका प्रबन्ध निर्देशक आचार्य बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.