|

कञ्चनपुर ः आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले आब २०७५/०७६ मा लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गरेको छ। 

आब २०७५/०७६ मा  एक अर्ब ६१ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले दुई अर्ब १२ करोड ८२ लाख ६६ हजार राजस्व संकलन गरेको छ।

आब २०७४/०७५ मा राजस्व कार्यालयले  एक अर्ब ४८ करोड सात लाख ६९ हजार राजस्व संकलन गरेको थियो। जुन लक्ष्य भन्दा २४ प्रतिशत बढी थियो।

सोही अवधिमा राजस्व कार्यालयलाई एक अर्ब १९ करोड ३१ लाख छ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। ‘करदाता शिक्षामा जोड, अन्तरकार्यालय संगको समन्वय, कर अशुलीमा कडाई लगायतका कार्यले राजस्व संकलन लक्ष्य भन्द निकै बढी संकलन भएको छ’ कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.