|

गुल्मी : जिल्ला विभिन्न स्थानमा पुरातात्त्विक महत्त्व राख्ने संरचनाहरू जीर्ण बन्दै गएको अवस्थामा धुर्कोट गाउँपालिका-७ का युवा आधुनिक मन्दिर निर्माणमा जुटेको छन्। वडा ७ मा स्थानीयले अजमिरे समाज गठन गरी दुर्गा भगवतीको आधुनिक मन्दिर निमार्णमा जुटेका हुन्। 

करिब ५६ लाख रुपैयाँ लागत अनुमान गरिएको मन्दिर स्वस्पूर्त रूपमा रकम उठाएर निर्माण गर्न सुरु गरिएको हो। मूल मन्दिर निमार्णको जिम्मा नेपाल सरकार पुरातत्त्व विभागबाट पुरातात्त्विक भवन निर्माणको लागि मान्यता प्राप्त मोहनविक्रम तेथालाई दिइएको स्थानीय महेन्द्र घिमिरेले बताए। उनलाई ३४ लाख रुपैयाँमा मूल मन्दिर निर्माणको जिम्मा दिइएको हो। 

तेथासँग रिडीको ऋिषिकेश मन्दिर, पाल्पाको रानिमहल भित्रका मन्दिरका साथै विभिन्न स्थानमा पुरातात्त्विक मन्दिर बनाएको अनुभव छ। घिमिरेका अनुसार भक्तपुरे बुट्टा भरेर मन्दिर निर्माण कार्य गरिएको छ। 

त्यस्तै, मन्दिर पेरामिटर, पूजारी बस्ने घरका साथै धारो बनाउने जिम्मेवारी स्थानीय ठेकेदारलाई दिइएको जनाइएको छ। मन्दिर निर्माणको लागि अहिलेसम्म ४६ लाख रुपैयाँ संकलन भएकोमा ३४ लाख स्थानीयले स्वस्फूर्त रूपमा दिएको समाजले जनाएको छ भने धुर्कोट गाउँपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको छ।

 गाउँपालिकाले थप १० लाख रूपैयाँ उपलब्ध गराउने जनाएकाे छ।

 

कतिपय काम स्थानीयले निःशुल्क रूपमा पनि गर्ने गरेका छन्। मन्दिर सर्वे तथा इन्जिनियरिङको काम इगल सोलुसनले गरेको हो। मन्दिर निर्माणको काम आगामी असोजसम्ममा सक्ने र दशैंँको दुर्गा पूजाका दिन उद्घाटन गरिने जनाइएको छ। यो समयमा देश विदेशमा रहेका स्थानीयहरू जम्मा हुने भएको कारण पनि उद्घाटन कार्यक्रम सोही समयलाई राखिएको जनाइएको छ। यस दिनलाई नेपाली राष्ट्रिय पोशाकमा आउनको लागि समाजले आव्हानसमेत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.