|

इलाम : नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ। 

प्रदेश  एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् । 

खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले गत चैत्र ८ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख र उपविजेता भएका १ लाख दिने  घोषणा गरेको थियो । 

त्यसैगरी साफमा नेपाली टिम उपविजेता भएपछि विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनही ५० हजार दिने घोषणा गरेका थिए । 
खेलाडीहरुलाई भोली विराटनगरमा नगद सहित सम्मानपत्र प्रदान गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गीले बताए । 
त्यसैगरी फाइनलको भोलीपल्ट बिराटनगरमा शनिबार बसेको एन्फा साधारणसभाको बैठकले उपविजेता खेलाडीहरुलाई जनही १ लाख नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । तर एन्फाको पुरस्कार भने खेलाडीले पाएका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.