|
फाइल फोटो

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको काठमाडौंमा बस्न लागेको सिनेटलाई विद्यार्थीले बहिष्कार गर्ने भएका छन्।

सत्तारुढ दल नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको सिनेट काडमाडौंमा बस्न लागेकोमा विरोध जनाउँदै सिनेट बहिष्कार गर्ने जनाएको हो। नेकपाका पूर्वएमाले र  पूर्वमाओवादी केन्द्र निकट केन्द्रीय सदस्य तथा जिल्ला  इन्चार्जहरू घनश्याम पुन र महेश जिसी र मध्यपश्चिम विश्वविद्यालय कमिटीका संयोजकहरू लालबहादुर ओली र निकुञ्ज पाण्डेले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो विरोध गरेका हुन्।

विज्ञप्तिमा विश्वविद्यालयको प्राज्ञिक मूल्य मान्यताभन्दा बाहिर रही सिनेटको बैठक काडमाडौंमा गर्न लागिएको आरोप लगाइएको छ।  विश्वविद्यालयको नवौं वार्षिक उत्सवमा विश्वविद्यालयको मान मर्यादा ख्याल नगरी काडमाडौंका निजी कलेजको विज्ञापन गरेको स्मरण गर्दै विज्ञप्तिमा कर्णाली प्रदेशबासीको मर्म र भावनाविपरीत सिनेट काडमाडौंमा हुन लागेको भन्दै आपत्ति जनाइएको छ। साथै विश्वविद्यालयमा आफ्ना नजिकका नातेदारलाई जागिर खुवाउने भर्ती केन्द्र बनाइएको आरोपसमेत विज्ञप्तिमा लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.