|

पोखरा : हरितालिका तीज आउन एक महिना बाँकी छ। तीजको लागि भनेर धेरै गायक गायिकाले गीत निकाल्दै छन्। यसैबीच तीजलाई लक्षित गर्दै गायिका अनिता पन्त र कविता क्षेत्रीले पनि नयाँ तीज गीत ‘सारी’ बजारमा ल्याएका छन्।

गीत आफ्नो मनपर्ने मान्छेलाई उपहारस्वरूप ‘सारी’ ल्याइदिएको कुरालाई विषयवस्तु बनाइ तयार पारिएको छ। उक्त गीतमा विकास नेपाली र अनिता पन्तको आवाज रहेको छ। गीतको शब्द दीपक अधिकारीले लेखेका हुन् भने सन्तोष सुवेदीले लय सिर्जना गरेका छन्।

मौसम हिमालीको निर्देशन रहेको गीतमा सन्तोष सुवेदी र पूर्णिमा श्रेष्ठको अभिनय रहेको छ। करन चैसिरले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्। गीतलाई पोखरा मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.