|
फाइल फोटो

सिन्धुपाल्चोक : विनाशकारी भूकम्प गएको चार वर्ष पुग्यो। भूकम्पले निमेशमै ढालेको सिन्धुपाल्चोक विस्तारै लयमा फर्कदैछ। पछिल्लो समयमा सिन्धुपाल्चोकको पुनर्निर्माणले गति लिएको छ।

भूकम्पबाट घरबार विहीन हुन पुगेकामध्ये ७० हजार १ सय ८७ परिवारले नयाँ घरमा बसाइ सरिसकेका छ। २०७६ जेठ मसान्तसम्म पहिचान भएका ८८ हजार २ सय ७३ कुल लाभग्राहीमध्ये ७० हजार भूकम्पपीडित नयाँ तेस्रो किस्ताबापतको रकम बुझेका छन्।

लाभग्राहीमध्ये ८६ हजार ६ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार, ८१ हजार ५ सय ६९ ले दोस्रो किस्ताबापत थप १ लाख ५० हजारको लागि सिफारिस भएको जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवयस्थापन तथा स्थानीय पूर्वाधारका जिल्ला आयोजना व्यवस्थापक लक्ष्मण कुमार सेठले जानकारी दिए।

उनका अनुसार ७९.५२ प्रतिशत निजी आवास सम्पन्न भएको छ। सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १३ जनाले पहिलो किस्ताबापतको ५० हजार रकम फिर्ता गरिसकेका उनले बताए। सिन्धुपाल्चोकका २ सय २८ निवेदन परेकोमा पहिचान भएका ३७ भूमिहीन लाभग्राहीहरूमध्ये १ जनाले मात्र जग्गा खरिद गरि अनुदान प्राप्त गरेका छन्।

जोखिमयुक्त बस्तीको ९ सय १२ लाभग्राहीमध्ये २ सय ८८ लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रतिलाभग्राही २ लाखसम्म जग्गा खरिद बापतको थप अनुदान वितरण गरिएको छ।

त्यस्तै, वातावरण तथा सामाजिक सुरक्षण कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकमा ११ वटा योजना सम्पन्न भएका छन्। जसमा जुगल, लिसंखुपाखर, त्रिपुरासुन्दरी र पाँचपोखरी थाङपाल गाउँपालिका रहेको छन्। यसमा पुनर्निमार्णको लागि खानेपानी मर्मत ८, पहिरो नियन्त्रण २ र वृक्षारोपनमा १ वटा आयोजना सम्पन भएको छ।

पेशागत स्वास्थ्य र सुरक्षा साथै खानेपानी स्वच्छता तथा सरसफाइसम्बन्धी २ चरणमा अभिमुखिकरण तालिम संचालन गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली)का वातावरण विषेशज्ञ लोकेन्द्र सुब्बाले बताए।

पछिल्लो पटक पुनर्निर्माण प्राधिकरणले २०७६ असाढ १५ सम्ममा दर्ताभएका गुनासेलाई  छुट तथा पुनः जाँचमार्फत १८ हजार ८ सय २० को स्थलगत लगत संकलन गरेको छ। यसरी आगामी दिनमा १ लाखभन्दा लाभग्राही पुग्ने आयोजनाको अनुमान रहेको छ। भूकम्पले क्षति पुर्‍याएका ३३ जिल्लामध्ये सिन्धुपाल्चोक चौताराको लाभग्रही सर्बे तामाङको घरको शिलान्यास गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको थालनी गरेका थिए। सोपश्चात पुनर्निर्माणको काम सुचारु भएको हो।

यस क्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत  खटिएको प्राविधिकहरूले स्थलगत प्रतिवेदन तयार पारी गाउँगाउँबाट वडा अध्यक्षलाई प्रमाणित गराई भवनमार्फत किस्ता निकासको लागि जिमाली पठाई निकासा गर्ने गरेको हो।

पछिल्लो चरणमा सम्पूर्ण जिल्ला आयोजना कार्यान्वयन इकाई र स्थानीय तह बीचमा भएको पुनर्निर्माणको सहजीकरणको लागि भएको लिखित समझदारीपश्चात पुनर्निर्माण ह्वात्तै बढेको छ।  हाललाई यो आर्थिक वर्षको प्रथम चौमासिक अख्तियारी प्राप्त नभएसम्म अनुदानको किस्ता वितरण रोकिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.