कसैलाई दोहोरो भूमिका, कोही खाली हात

|

काठमाडौं : दुईजना अध्यक्षले हाँकिरहेको देशकै ठुलो नेपाल कम्युनिष्ट पार्टी एकताका क्रममा एकै जिल्लामा १० जनासम्म सह-इन्चार्ज तोकिएको छ। आइतवार बसेको पार्टी सचिवालय बैठकले केही जिल्लामा सहइन्चार्ज नतोकी नियर्ण गरेको छ । 

एउटै मात्रै निर्वाचन क्षेत्र भएको जिल्लामा पनि नेकपाले दुई भन्दा बढी सह-इन्चार्ज तोकेको छ। नेकपाले सबैभन्दा धेरै सिरहामा १० जना सहइन्चार्ज तोकको छ। यहाँ दोस्रो संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका लीलानाथ श्रेष्ठले इन्चार्जको जिम्मेवारी पाएका छन्। 

सिरहामा १० सह-इन्चार्ज 

नेकपाले सिरहामा पूर्वमन्त्री अजयशंकर नायक, गंगाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पाशवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सीता पोख्रेल र हरिनारायण चौधरीलाई सह-इन्चार्ज तोकेको छ ।

धनुषा, काठमाडौँ र दाङमा ९ सह-इन्चार्ज 

नेकपाले जिल्लासम्मको एकता टुंग्याउने क्रममा काठमाडौँ, दाङ र धनुषामा समान ९÷९ जना जिल्ला सह-इन्चार्ज तोकको छ । काठमाडौंमा सावित्रा भुसाल, दाङमा जीवन गौतम र धनुषामा जोगकुमार बर्बरिया यादवलाई इन्चार्ज तोकिएको छ । 

नेकपाले धनुषामा जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोईत यादव, बोधमाया कुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो र हरिनारायण महतोलाई सह-इन्चार्ज तोकेको छ। 

काठमाडौँमा पनि सह-इन्चार्जमा अञ्जना विसंखे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर तोकिएका छन्।

त्यसैगरी दाङ जिल्ला कमिटीमा इन्द्रजीत थारु, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणी चौधरी, हेमराज शर्मा पोख्रेल र शान्ता चौधरी सह-इन्चार्ज भएका छन्।

यो पनि : नेकपा : कुन जिल्लामा को इन्चार्ज, को सह-इन्चार्ज (सूचीसहित) 

सुदूरपश्चिमको कैलालीमा पनि सातजना जिल्ला सहइन्चार्ज भएका छन्। यहाँ रुपा चौधरीले इन्चार्जको जिम्मेवारी पाएकी छन्। चार भन्दा धेरै सहइन्चार्ज भएका जिल्लाको संख्या १० भन्दा माथि छ। 

कैलालीमा सातजना

सुदूरपश्चिमको राजधानी जिल्ला कैलालीको सह-इन्चार्जमा सातजना तोकिएका छन्। त्यहाँ मदनकुमारी (गरिमा) शाह, झपटबहादुर रावल, नारदमुनी राना, वीरमान चौधरी, महेश्वर पाठक, लिलाकुमारी भण्डारी र हरिनारायण चौधरी सह-इन्चार्ज भएका छन्। 

सह-इन्चार्ज खाली जिल्ला

नेकपाले १२ वटा जिल्लामा सह-इन्चार्जको टुंगो लगाउन सकेन। पूर्वको ताप्लेजुङदेखि प्यूठानसम्म नेकपाले सह-इन्चार्ज नतोकेको हो।

इलाम, धनकुटा, ओखलढुङ्गा, सप्तरी, नुवाकोट, मनाङ, पर्वत, म्यादी, मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी र प्युठानमा नेकपाले सह-इन्चार्ज खाली राखेको हो। नेकपाले काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरमा सहइन्चार्ज तोक्न नसकेको हो।

सचिव र इन्चार्ज एकै ?

यता धादिङमा जिल्ला कमिटी सचिवको सपथग्रहण गरिसकेका शालिकराम जम्कटेल जिल्ला इन्चार्ज तोकिएका छन्। उनी प्रदेश ३ को आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन्।

यसअघि सचिवको सपथ लिएका उनले अब इन्चार्जको पनि भूमिका पाएका छन्। जमकटेलले तीनवटा भूमिका पाइरहँदा जिल्लाका अरु नेता भने खाली हात छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.