|
फाइल फोटो

काठमाडौं : सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्य दल गठन गर्ने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग आइतबार छलफल गर्दै सो प्रणाली लागू गराउन देखिएका समस्या समाधानका लागि ५ सदस्यीय कार्य दल गठन गर्ने घोषणा गरेका हुन्। कार्य दलमा अर्थ मन्त्रालयका २ जना, नेपाल उद्योग वाणिज्य महासंघका २ जना र विज्ञहरूको तर्फबाट एकजना प्रतिनिधि रहने सहमति पनि गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।

सो प्रणाली लागू गराउन आवश्यक पूर्वाधारको विकास समेत नभएको भन्दै उद्योगीहरुले विरोध गरिरहेका थिए। सो सम्बन्धमा देखिएको समस्या समाधानका लागि कार्य दल गठन गरिएको र त्यसले एक हप्ताभित्र बुझाउने सुझावको आधारमा ती समस्या समाधान गर्न सरकार सकारात्मक रहेको पनि महासंघकी अध्यक्ष राणाले बताए।

महासंघले अर्थमन्त्री खतिवडालाई स्थानीय स्तरमा हुने ढुवानी व्यवसायीको माग तत्काल सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.