बिपी राजमार्गमा सबैभन्दा बढी दुर्घटना

|
फाइल फोटो

सिन्धुली : सिन्धुलीमा एक वर्षमा भएका सवारी दुर्घटना परी ४६ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा भएको ६८ वटा सवारी दुर्घटनामा परी ३३ जना पुरुष, ९ जना महिला, ३ जना बालक र १ जना बालिका गरी ४६ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख विष्णुबहादुर बस्नेतले जानकारी दिए।

दुर्घटनामा परी पुरुष ५३, महिला १८, बालक ४ र बालिका ४ जना गम्भिर घाइते भएका उनले बताए। उनका अनुसार पुरुष ४४ जना,महिला १८ जना, बालक १४ जना र बालिका १५ जना गरी ९१ जना सामान्य घाईते भएका छन्।

बिपी राजमार्गमा सबैभन्दा बढी दुर्घटना

एक वर्षमा जिल्लाका अन्य सडकहरुको तुलनामा विपी राजमार्गमा सबैभन्दा बढी सवारी दुर्घटना भएको उनको भनाई छ।

पछिल्लो समयमा बिपी राजमार्गमा सवारी चाप बढ्दै गएकाले पनि सडक दुर्घटना बढेको हुनसक्ने उनको अनुमान छ। अहिले बिपी राजमार्गमा दैनिक ५ हजार सवारी आवातजावत गर्ने गरेको उनले बताए।

दुर्घटना कम गर्न अभियान संचालन

सवारी दुर्घटना न्युनिकरणका लागी साउन १ गते देखि ३ महिनाको कार्य योजना बनाएर जिल्लामा विभिन्न अभियान संचालन गर्न सुरु गरिएको उनले जानकारी दिए।

नियमित कार्यक्रमलाई निरन्तरता दिँदै आइतबार मोटरसाइकलमा गति सीमित स्टिकर टाँस, ट्राफिक नियमसम्बन्धी जानकारीमूलक पर्चा वितरण लगायतका कार्यक्रम गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.