|

तनहुँ : सरकारले साउन १ गतेदेखि ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर (भ्याट) का साथै अन्य व्यापार व्यवसायमा लगाएको नयाँ कर र ऐन नियम खारेजीको माग गर्दै आइतबार दमौलीमा उद्योगी व्यापारीले प्रदर्शन गरेका छन्।

तनहुँ उद्योग वाणिज्य संघको अगुवाइमा तनहुँ उधोग वाणिज्य संघ दमौली बजार इकाई, अधिकृत विक्रेता संघ लगायत डेड दर्जन व्यापारीक संघ संस्थाको सक्रियतामा उद्योगी व्यवसायीले विरोधमा प्रदर्शन गरेका हुन्। तनहुँ उद्योग वाणिज्य संघ परिसरबाट उद्योग व्यवसायी सहभागी जुलुस गणेशमान चोक, भोर्लेटार चोक, मेनचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर टुंगिएको थियो।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग व्यवसायीले तत्काल नयाँ कर नीति खारेज गनुपर्ने माग गरेका छन्। तनहुँ उद्योग वाणिज्य संघ तनहुँका प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्रले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पुर्‍याई दिन आग्रह गरे। 

प्रमुख जिल्ला अधिकारी पण्डितले आफूले ज्ञापनपत्रलाई तोकिएको स्थानमा पुर्‍याउने बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णराज पण्डित, अधिकृत विक्रेता संघका केन्द्रीय सदस्य  मंगलप्रसाद श्रेष्ठ तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ लगायतले अव्यवहारिक रुपमा ल्याइएको नयाँ कर नीति भिसिटिएस तत्काल खारेज गनुपर्ने माग गरेका थिए।

अहिलेको सरकार, निजी क्षेत्रमाथि अव्यवहारिक कर र ऐनको बोझ थोपारेर उद्योग व्यपारलाई धरासायी बनाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै उनीले सरकारले आफ्नो निर्णय नसच्याए मुलुकको उद्योग व्यवसाय बन्द हुने व्यवसायीको चेतावनी दिएका छन्।

कोणसभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका व्यक्तिले अव्यवहारिक कर र ऐनकानुन सच्याउन माग गर्दै सरकारलाई पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.