खेलकुद

सेभिल्लासँग हार्‍यो लिभरपुल

साउन ६, २०७६

    च्याम्पियन्स लिगको च्याम्पियन लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको छ। बलियो लिभरपुललाई पराजित गर्दा २–१ को जित निकाल्यो। सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोल मार्फत खेलमा अग्रता बनायो।

    पहिलो हाफमा खेललाई बराबरीमा ल्याउने क्रममा लिभरपुलले अन्तिम मिनेटमानै बराबरी गोल गर्‍यो। डिभोक ओरिगीले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए। एलेक्जेन्डर आर्नोल्डको क्रस डिफेन्डरले क्लियर गर्न नसक्दा ओरिगिले गोल गरेका थिए।

    दोस्रो हाफको ७६ औं मिनेटमा सेभिल्ला १० खेलाडीमा सिमित हुन पुग्यो। लिभरपुलका लारोचीलाई सेभिल्लाका नाग्ननले फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। उक्त फलका कारण घाइते भएका लारोचीलाई स्ट्रेचरमा बाहिर लग्नुपरेको थियो।

    तर १० खेलाडीमा सिमित भएपनि खेलको अन्तिम मिनेटमा सेभिल्लाले पोजोको गोलमा अग्रता लियो जुन गोलनै खेल जित्नका लागि निर्णायक बन्यो। गोलरक्षक सिमोन मिग्नोलेट छलाउँदै पोजोले सहजै गोल गरेका थिए। थप समयमा गोल हुन नसक्दा लिभरपुल खेलमा पराजित हुन पुग्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]