|

काठमाडौं :  राष्ट्रिय जनता पार्टी नेपालको (राजपा) अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव बनेका छन्। 

आलोपालो प्रणालीमा मण्डल संयोजक बनेका हुन्।  यसअघि अनिलकुमार झा अध्यक्ष मण्डलका संयोजक थिए। ०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको थियो।

सुरुवातमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर थिए। लामो समयसम्म अधिवेशन नभएपछि नेतृत्वमा चक्रीय प्रणालीमा सहमति भएको थियो।   अहिले दुई–दुई महिनामा संयोजक फेरिने सहमति अनुसार यादव संयोजक चयन भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.