|

दमक : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत झापाको दमकमा जारी आईटिएफ तेक्वान्दोमा तेश्रो दिनको तौल समुहको अन्तर्गत महिलातर्फ सबै स्वर्ण नेपाली सेनाका खेलाडीले जितेका छन्।

महिलातर्फ स्पाईरिंङ्ग  अन्तर्गत ४६ देखि ५० केजीमा आर्मीकी रुविना खड्काले स्वर्ण जितिन्। त्यस्तै मध्यमाञ्चलकी पुजा खुलाल मगरले रजत र सुसिला गुरुङ्ग तथा सुदुरपश्चिमाञ्चलकी पुजा साहीले काश्य पदक जितिन्। त्यस्तै ५१ देखि ५५ केजीमा सेनाकी रिता धिमालले स्वर्ण, पश्चिमाञ्चलकी सर्मिला महतले रजत र शसस्त्र प्रहरीकी सञ्चिता लामा तथा मध्यमाञ्चलकी स्वयता  राईले काश्य जितिन्।

५६ देखि ६० तौल समुहमा नेपाली सेनाकी तुलसा राजथलाले स्वर्ण, मध्यपश्चिमाञ्चलकी मेनुका बुढामगरले रजत र सुदुरपश्चिमाञ्चलकी सविना उराउ तथा पश्चिमाञ्चलकी सिमा खासुले काश्य जितिन्।

६१ देखि ६५ तौल समुहमा नेपाली सेनाकी सिर्जना राईले स्वर्ण, पश्चिमाञ्चलकी उमिसा घर्तीमगरले रजत र मध्यपश्चिमाञ्चलकी करिण यादव तथा मध्यमाञ्चलकी उमा घलेले काश्य हात पारिन्।

६५ केजी भन्दा माथि तौलसमूहमा नेपाली सेनाकी वसन्ती बुढामगरले स्वर्ण, पूर्वाञ्चलकी अनामिका राईले रजत र पश्चिमाञ्चलकी कामना पुन तथा सुदुर पश्चिमाञ्चलकी सुजता सिजापतीले काश्य हात पारिन्।

स्पाइरिङ्ग  पूरुष ६१ देखि ६५ तौल समुह अन्तर्गत पूर्वाञ्चलका दिलन राईले स्वर्ण, नेपाली सेनाका गेद बहादुर बस्नेतले रजत र  पश्चिमाञ्चलक राजन रसाईली, मध्यमाञ्चलक निमेश थपाले काश्य हात पारे ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.