|

काठमाडौं :  रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’को औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो।

सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा चलचित्रको शुभ मूहुर्त पनि गरिएको छ। बिचल किराँतीको निर्देशनमा बन्न लागेको यस चलचित्रमा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ। यसै चलचित्रबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन्।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने चलचित्रमा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन्। चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको चलचित्रमा सिसम डाँगी सह–निर्माताका रुपमा रहेका छन्।

निर्देशक राईकै लेखन रहेको चलचित्रमा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ। पवन गौतमले खिच्ने चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन्। बुधबारबाट छायांकनमा जाने चलचित्रले आगमी तिहारलाई रिलिज टार्गेट राखेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.