|

कञ्चनपुर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा अज्ञात रोगका कारण सोमबार २१ वटा बाख्रा मरेका छन। 

घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन। कराउने, थरथरी काम्ने, मुखबाट र्‍याल फालेर बाख्रा मर्ने गरेको स्थानीय किसानले बताए। स्थानीय बाख्रपालक प्रेम धानुकको मात्रै सोमबार ९ वटा बाख्रा मरेका छन। भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन् वडा अध्यक्ष बहादुरसिंह महराले भने, ‘धेरै बाख्रा मरेको भन्ने खवर आएको छ। विवरण संकलन भइरहेको छ।’

धमाधम बाख्रा मर्न थालेपछि स्थानीय बासिन्दालाई बाख्राको मासु नखान भनेका छौं। मरेका बाख्रालाई खाल्डोमा राखेर पुर्न लगाइएको उनले बताए। 
एकपछि अर्को बाख्रा मर्न थालेपछि निकै क्षति व्योहोर्नु परेको स्थानीय प्रेम धानुकले बताए। 

मरेका बाख्राको नमूना संकलन

 पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा बिष्णु धिताल लगायत तीन जना प्राविधिकको टोली र पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका बरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाको टोलीले मरेका दुई वटा बाख्राको पोष्टर्माटम गरी नमूना संकलन गरेको शुक्लाफाँटा नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख पशु अधिकृत रामदत्त भट्टले बताए। 

मथे नामक घाँस खुवाइए पछि धमाधम बाख्रा मरेको जानकारीका आधारमा पशु विज्ञहरूले सो घाँसमा एक प्रकारको बिषाक्त रसाइन पाइने हुनाले नखाउन बाख्रापालकलाई सुझाव दिएका छन्। पोष्टमार्टम गरिएका बाख्रामा एक प्रजातिको जुका समेत पाइएकाले जुकाको औषधि र लिभर टनिक खुवाउन सल्लाह दिएका छन।

‘मरेका बाख्रा बाट लिइएका नमूनाको प्रयोगशालामा परीक्षण पश्चात मात्रै यो कारणले बाख्राको मृत्यु भएको जानकारी हुन सक्ने छ। यसका लागि एक दुई दिन लाग्न सक्छ’ अधिकृत भट्टले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.