|
फाइल फोटो

काठमाडौं : असारको अन्तिम साता आएको बाढीले खोप भण्डारमा राखिएको खोप नस्ट भएपछि बालबालिकालाई लगाउन मौज्दात राखिएको ठूलो परिमाणको खोप अभाव हुने भएको छ।

बाढीले खोपसँगै भण्डारणका लागि राखिएका ५ वटा रेफ्रिजरेटर, २ वटा जेनेरेटर र रेफ्रिजरेटरका लागि राखिएको दुईवटा भोल्टेज स्टेपलाइजरसमेत ध्वस्त बनाएको बताइएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार महोत्तरीको खोप राखेको कोल्डरूममा बाढी पसेपछि ११ रोगविरुद्ध बालबालिकालाई दिन ठीक पारिएका ९ हजार ७०८ भाइल खोप भिजेको छ। तीमध्ये ४१४ भाइल खोप हिलोमा डुबेको छ।

जसले गर्दा जिल्लाले ११ साउनका लागि खोप लगाउने तालिका प्रभावित हुने भएको हो। केही खोप हिलोमा डुबेको र सबैजसो खोप पानीले भिजेपछि लगाउन मिल्ने कि नमिल्ने भन्दै जिल्ला कार्यालयले विभागसँग राय मागेको छ। जिल्लाले राय मागेसँगै विभाग, विश्व स्वास्थ्य संगठन, युनिसेफका प्रतिनिधिहरू प्राविधिकसहित हाल महोत्तरी पुगेको परिवार कल्याण महाशाखाका प्रमुख डा. भिमसिहं तिङ्करीले बताए।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आपतकालीन विपत व्यवस्थापन प्रमुख चुणामणी भण्डारीले जमिनभन्दा तीन फिटमाथि राखिए पनि बाढी त्योभन्दा थप तीन फिट माथिसम्म पुगेको थियो। यसले गर्दा सबै खोप पानीले भिजेको हो।

कुल ८ वटा रेप्रिजरेटर भएकोमा कर्मचारीहरूले बाढी छिर्दै गर्दा तीनवटा रेप्रिजरेटर माथिल्लो तलामा लैजान भ्याएका थिए। त्यसैले अहिले पाँचवटा बिग्रिएको अवस्था रहेको बताइएको छ। उनका अनुसार महोत्तरी स्वास्थ्य कार्यालयभित्र पसेको पानीले स्टोरमा राखिएका विभिन्न प्रकारका आठ हजार आठ सय तीनवटा खोप बिग्रिएको हो।

जिल्लामा अहिले थप एउटा रेफ्रिजरेटर पठाइएको र ११ गतेका लागि तय भएको खोपका लागि केन्द्र र हेटौँडाबाट खोपसमेत तयारी अवस्थामा राखिएको बताए।

महत्तोहरीको स्टोरमा राखिएको बिसिजीको खोपमा एक हजार १५ भाइल भिजेको छ भने ११५ भाइद्य डुवेको बताइको छ। यस्तै पेन्टा  १०२० भाइल भिजेको २० भाइल डुबेको छ। पिसिभी ३०४०भाइल भिजेको छ भने १४० डुकेको छ। 

त्यसैगरी, ओसिभी ९६५ भिजेको छ भने भाइल डुबेको छ. एफआइपीभी ७१२ भाइल भिजेको र १०२ डुवेको छ। एमआर १०३६ भिजेको छ भने २ भाइल डुबेको छ। जेई १०१० भाइल भिजेको छ भने २० भाइल हिलोमा डुवेको छ।

त्यसैगरी, पीभी खोप ९०७ भाइल भिजेको छ भने ५ भाइल हिलोमा डुवेको बताइएको छ। जसमा विभिन्न प्रकारका ९७०८ भाइल पानीमा डुवेको छ भने ४१४ भाइल खोप हिलोमा डुवेर काम नलाग्ने भएको बताइको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.