|

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ स्थित लामो समयदेखि लाग्दै आएको तरकारी बजारको ठेक्का विवादमा परेको छ।

उक्त तरकारी बजार स्थानीय स्वस्थानी युवा क्लबले विगत १३ बर्षदेखि ठेक्का लगाउँदै आएको छ। यस वर्ष पनि क्लवले असारको अन्तिम साता नै ९ लाख २५ हजारमा ठेक्का लगाइसक्यो। तर वडा नम्बर ५ मा रहेको क्षिरेश्वर जनता माध्यमिक विद्यालयले त्यही बजार ठेक्का लगाउने सूचना निकालेपछि स्थानीय आक्रोसित बनेका छन्।

स्थानीयले बैठक बसी कुनै पनि हालतमा तरकारी बजार विद्यालयलाई ठेक्का लगाउन नदिने निर्णय गरेका छन्। क्लवका कोषाध्यक्ष विनोद गुप्ताका अनुसार तरकारी बजार पहिले जमिन्दारले ठेक्का लगाउँथे। पछि भनसुन गरी ठेक्का क्लवले लगाउने जिम्मेवारी पायो। तर विद्यालयले हस्तक्षेप गर्न खोजेको छ।

क्लवका कोषाध्यक्ष गुप्ताले विद्यालयसँग ठेक्का लगाउने निर्णय फिर्ता लिने भनेको र नमाने आन्दोलनमा उत्रने बताए। उनले भने, ‘तरकारी बजार वडा नम्बर ५ मा पर्छ। तर ६ नम्बर वडामा रहेका विद्यालयले ठेक्का लगाउन खोज्दा आश्चर्य लागेको छ।’ 

वडा नम्बर ६ का अध्यक्ष वडा ५ का अध्यक्ष मानबहादुर श्रेष्ठले पनि विद्यालयले तरकारी बजार कब्जा गर्न नदिने बताए। उनले तरकारी बजार ठेक्का लगाउने भनी सूचना निकालेर विद्यालयले ठिक नगरेको बताए। उनले विद्यालयले तरकारी बजारमा हस्तक्षेपको निर्णय फिर्ता नलिए कानुनी उपचार खोज्ने पनि बताए। 

यता, विद्यालयका प्रधानाध्यापक बाबु साहेव यादवले जमिनदारले लिखित रुपमै तरकारी बजार ठेक्का लगाउने जिम्मेवारी दिएको बताउँछन्। उनले भने, ‘जिम्मेवारी पाएपनि केहि वर्ष छाड्यो। तर अब ठेक्का लगाउन खोज्दा क्लवले विवाद खडा गरेको छ।’ उनले विवाद भएपछि अब बैठक बसेर आवश्यक निर्णय गर्ने बताए।

पशु र गुद्री बजार करोडौंमा ठेक्का

विद्यालयले वडा ५ कै पशु बजार र गुद्री बजार लामो समयदेखि ठेक्का लगाउँदै आएको छ। विद्यालयले पशु बजार १ करोड ८६ लाखमा र गुद्री बजार करिब २७ लाखमा ठेक्का यसवर्ष पनि लगाएको छ। यतिधेरै रकममा पशु बजार र गुद्री बजार विद्यालयले ठेक्का लगाउने गरेपछि व्यवस्थि तगर्न एक रुपैया पनि खर्च गर्ने गरेका छैन। अहिले पशु बजार र गुद्री बजार हिलाम्मे बनेको छ। बजारमा जताततै फोहोरको थुप्रो देखिन्छ।

बजारमा व्यवस्थापनमा विद्यालयले ध्यान नदिँदा व्यापारी अनेकौं समस्या झेल्न बाध्य छन्। स्थानीय मोहन राइले विद्यालयले ठूलो रकममा ठेक्का लगाए पनि बजारमा एउटा शौचालयसम्म बनाउन नसकेको गुनासो गरे। उनले भने, ‘ठेक्का लगाउने जिम्मेवारी पाएका बेला विद्यालयले १५ प्रतिशत रकम व्यवस्थापनमा खर्च गर्ने प्रतिवद्धता जनाएको थियो। तर हालसम्म एक रुपैया पनि खर्च गरेका छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.