|
फोटो : काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल

काठमाडौं : नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी सडक र विश्व सम्पदा सूचीमा रहेका क्षेत्रमा माग्नेहरूलाई काठमाडौं महानगरपालिकालले हटाउने भएको छ।

काठमाडौं महानगरपालिकालाई माग्ने मुक्त बनाइने अभियान सुरु भइसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए। माग्नले नेपाल घुम्न आउने पर्यटकलाई मागेर हैरान बनाएको र यसले विदेशमा नेपालको बारेमा नराम्रो छाप पर्ने भएकाले उनीहरूलाई पर्यटकीय स्थलबाट हटाउन लागिएको उनको भनाइ छ।

'पहिलो चरणमा स्वयम्भु क्षेत्रबाट माग्न बसेका बालबालिका र वृद्धलाई हटाउन थालिएको छ' उनले भने, 'वृद्धलाई मानव आश्रम सेवा समितिमा लगेर राखिने र बालबालिकालाई बालबालिका सुधार केन्द्रलाई जिम्मा लगाउने योजना छ।'

अबको चरणमा विश्व सम्पदा र पर्यटकीय क्षेत्रमा रहेका माग्नेलाई हटाउने लक्ष्य  महानगरको छ। पर्यटक त्यहीँ क्षेत्रमा बढी जाने भएकोले माग्नेलाई हटाउने महानगरको योजना रहेको उनले जानकारी दिए। सडक छेउछाउमा रहेका रहेका अधिकांश माग्नेहरूलाई हटाइसकेको उनको दाबी छ।

महानगरपालिकाभित्र विभिन्न ठाउँमा गरेर २ हजारभन्दा बढी माग्ने रहेको महानगरको अनुमान छ। महानगरले सामुदायिक प्रहरी र विभिन्न संघ संस्थाको सहयोगमा उनीहरूलाई हटाउन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.