|

डडेल्धुरा : डडेल्धुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका तीन जिल्ला सदस्य रिहा भएका छन्।

जिल्ला अदालतको आदेशमा उनीहरु मंगलबार रिहा भएका हुन्। तीनै जना १२/१२ हजार धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

रिहा हुनेमा परशुराम नगरपालिका–११ का जिल्ला सदस्य कृष्ण विक (अरुण), परशुराम नगरपालिका–५ परिगाउँका जिल्ला सदस्य इन्द्रदेव भट्टराई (शिखर) र सोही ठाउँका जिल्ला सदस्य रामदत्त भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए।

इन्द्रदेव र रामदत्त भट्टराइलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो भने विकलाई अदालतको आदेशअनुसार थुनामा नराखी अनुसन्धान गरिएको प्रहरी निरिक्षक खड्काले बताए।

उनीहरूमाथि राज्यविरुद्धको कसुर अपराध विरुद्धको मुद्दा लगाइएको थियो। इन्द्रदेव र रामदत्त भट्टराई गत असार २३ गते पक्राउ परेका थिए भने विकलाई असार ३१ गते प्रहरीले पक्राउ गरेको थियो।

रिहा भएलगत्तै पार्टी परित्याग

यसैबीच रिहा भएलगत्तै तीनै जनाले सरकारद्वारा प्रतिबन्धित नेकपा  परित्याग गरेका छन्। मंगलबार एक प्रेस विज्ञाप्ति जारी गर्दै पार्टी परित्याग गरेका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा जिल्ला कमिटी सदस्यका रुपका काम गर्दै आएकोमा हाल नेपाल सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्थामा सो पार्टीले बोकेको सिद्धान्तसमेत हामीलाई मन नपरेकाले सो पार्टीको कुनै पनि किसिमको जिम्मेवारीमा नरहने गरी सो पार्टी परित्याग गरिएको जानकारी गराउँदछौं। साथै आइन्दा कुनै पनि किसिमको हिंसात्कम गतिविधिमा संलग्न नहुने र स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरासमेत अवगत गराउँदछौं।’ तीनै जनाद्वारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.