|

बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुईजना घाइते भएका छन्। तीमध्ये एकको अवस्था गम्भीर  रहेको छ। 

मृत्यु हुनेको सनाखत हुन सकेको छैन। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। गम्भीर घाइतेको परिचय खुल्न सकेको छैन। अर्का घाइते दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका हिक्मत सामन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए। 

दाुर्चलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर पाटन नगरपालिका–८ खोड्पेको बन्तड भन्ने भीरमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

दुर्घटनाको कारणबारे अहिलेसम्म थाहा नभएको प्रहरीले बताएको छ। मृतकको शव भीरमा अड्किएको छ। कुहिरो र पानी परिरहेकाले शव निकाल्न असहज भइरहेको घटनास्थलमा पुगेका  प्रहरी निरीक्षक बोगटीले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.