मुख्यमन्त्रीका सहयोगी र कर्मचारी पनि

|

इटहरी : चीनको एक निजी कम्पनीले उद्योग वाणिज्य संघको टोलीलाई गरेको निम्तो मान्‍न प्रदेश १ दुई मन्त्री चीनतर्फ उडेका छन्। चीनको एउटा निजी पानी कम्पनीले व्यापारीलाई डाकेकोमा प्रदेशका २ मन्त्री पनि त्यता लागेका हुन्। 

चीनको सिचुवान प्रान्तस्थित साङ्दोङ हुआजिया वाटर कोअपरेशन लिमिटेडले प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउतलाई निम्तो गरेको थियो । उक्त कम्पनीको कार्यक्रममा प्रदेशका २ मन्त्री र मुख्यमन्त्रीका सहयोगीसहित १० बुधबार चीनतर्फ उडेका हुन्। 

यो टोलीमा उपाध्यक्ष राजेन्द्र राउतसँगै प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैत र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो 'मौसम' छन् । त्यसैगरि सांसदहरू सर्वध्वज सावाँ, तेजमान कन्दङ्वा र बिन्दिया कार्की पनि चीनतर्फ गएका छन्। मुख्यमन्त्री कार्यालयका सचिव भरतमणि रिजाल, सहसचिव टीकादत्त राई र मुख्यमन्त्री शेरधन राईका स्वकीय सचिव मकर खड्का पनि चीन गएका हुन्। 

चिनियाँ पानी कम्पनीले प्रदेश एक उद्योग वाणिज्य संघका सदस्यलाई आफ्नो प्रान्तको व्यापारिक र औद्योगिक क्षेत्र अवलोकनमा बोलाएको थियो । तर एउटा कम्पनीले व्यवसायीहरुलाई बोलाएको कार्यक्रममा प्रदेश १ का मन्त्रीसहितको सरकारी टोली नै चीन गएका हुन्। 

चिनियाँ कम्पनीले पठाएको पत्रमा कहीँ पनि मन्त्रीहरुलाई बोलाइएको छैन। व्यवसायीहरुलाई सिचुवान प्रान्तको औद्योगिक विकास, प्रविधि देखाउन कम्पनीले बोलाएको थियो । उपाध्यक्ष राजेन्द्र राउतलाई सम्बोधन गरेको पत्रमा उनी1सँग आउने सबै व्यक्तिको खर्च कम्पनीले व्यहोरिदिने उल्लेख छ ।

यही वर्षको जुलाई ३ र ४ मा प्रदेश १ मा आएको चिनियाँ व्यवसायीको टोलीले नेपाली व्यवसायीलाई पनि चीनको औद्योगिक क्षेत्रको भ्रमणमा आउन निम्ता दिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.