|

काठमाडौं : गोहो कथा संग्रह बजारमा आउने बित्तिकै यसका लेखक जिके पोखरेल अहिले देशविदेश भ्रमणमा छन्। अघिल्लो महिना काठमाडौंबाट पोखरेल फिदिम र चितवनमा गोहो-माथि बहस गर्न गए। यसपल्ट उनी सिक्किम र दार्जिलिङ छिरेका हुन्।

सांग्रीला रिडर्स क्लबले आइतबारे डिस्कोर्समा कथाको काम-शीर्षकको बहसमा बोल्न उनलाई सांग्रीला बुक क्याफेमा निम्त्याइएको थियो। गोहोलाई केन्द्रमा राखेर रिडर्स क्लबका सदस्यहरुले उनीसित एक घण्टा लामो संवाद गरे। यसैबीच समीक्षकहरूले उनको कथा लेखन शैलीलाई`समाचारको सर्जमिन´जस्तै भन्ने सन्दर्भ कोट्याए।

पोख्रेलले आफ्ना कथामा नेपालमा भएको माओवादी आन्दोलनप्रतिको असहमति रहेको खुलाए। ‘कोठे समाचारमा घोकाइएको द्वन्द्व र मैले आफै बाँचेको द्वन्द्व फरक थियो। माओवादीले `सत्ता आरोहणका लागि अपनाएको फास्ट ट्र्याक´ जनयुद्धले नेपाली जनतालाई केही दिएन,’ उनले भने, ‘दुईटा बन्दुकको नालसँग छलिएर बाँच्नुपर्ने मान्छेको जीवन मेरा कथाका मुख्य `कन्टेन्ट´ हुन्। परिवर्तनको लागि हतियारको युद्ध नै जरूरी छ भन्ने होइन।'

हाम्रोमा हतारमा र हतियार बाेकेर लडेको आन्दोलन थियो । अनि त असमयमै तुहियो, सपना सकियो। भुक्तमान नेपाली जनता अब फेरि युद्ध चाहँदैनन्। यही युद्धविरोधी भावनालाई मैले लेखनको केन्द्रिय वैचारिकी बनाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.