सिओपिडीकै कारण मर्छन् १६ प्रतिशत

|

काठमाडौं : नेपालमा ६६ प्रतिशत व्यक्तिको नसर्ने रोगको कारण मृत्यु हुने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर गरेको एक अनुसन्धानले नेपालमा हाल मृत्यु हुनेमध्ये ६६ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण हुने गरेको देखाएको हो।

७२ जिल्लाका १३ हजार दुई सय तथा विभिन्न जिल्लाका ३३ हजार घरधुरीका २० वर्षभन्दा माथि मृत्यु भएका मानिसहरूको मृत्युको कारणबारे अनुसन्धान गर्दा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या धेरै देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले बताए।

यस्तै, नसर्ने रोगमध्ये सबैभन्दा धेरै सिओपिडीका (श्वास प्रश्वास समस्या) बिरामी रहेको बताइएको छ। सिओपिडीका १६ प्रतिशत जसमा १२ प्रतिशत मानिसको मुटुरोगका कारण ८ दशमलव ५ प्रतिशत व्यक्तिको  मधुमेह, ६ प्रतिशतमा मिर्गौलाको समस्याले मुत्यु भएको अनुसन्धानले देखाएको छ।

यस्तै, नसर्ने रोगहरुको प्रदेशगत अध्ययन २०१८ सम्मको तथ्यांकले भने मिर्गौलाको सबैभन्दा बढी गण्डकी प्रदेशमा रहेको देखाएको छ भने मधुमेह रोगको समस्या सबैभन्दा बढी प्रदेश-५मा रहेको देखाएको छ।

यस्तै श्‍वसप्रश्वासरको बिरामी सबैभन्दा धेरै कर्णली प्रदेशमा रहेको देखाए डा धिमालले जनाए। उनले भने, ‘ मुटु मिर्गौला तथा मधुमेह रोग लाग्नेको संख्याभन्दा अझै पनि सिओपिडीका कारण मृत्यु हुनेको संख्या धेरै देखिएको छ।'

अनुन्धानको रिपोर्ट सार्वजनिक गर्दै परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनी झाले हाल सार्वजनिक भएको अनुसन्धान विशुद्ध सरकारी रहेको र यसले भावी दिनमा नसर्ने रोगहरूको न्यूनीकरण गर्न सहयोग गर्ने बताए।

यस्तै, परिषद्ले गत वैशाखमा भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सम्मेलनबाट आएका तथ्यहरूलाई स्वास्थ्यका कार्यक्रममा राख्न आग्रह गर्दै ती तथ्य परिषदले मन्त्रालयलाई समेत बुझाएको छ। सम्मेलनमा उठेका विभिन्न क्षेत्रका पाँचवटा रिसर्च पेपर स्वास्थ्यका कार्यक्रम तथा योजनामा राख्नपर्ने भन्दै त्यो अनुसन्धान बुझाएको हो।

बिहीबार परिषदले आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष प्राडा. अन्जनीकुमार झाले पहिलेपहिले सम्मेलन गरेर यत्तिकै छोड्ने गरेको भन्दै यसपटकदेखि सम्मेलनबाट आएका मुख्य अनुसन्धानलाई स्वास्थ्यका नीति तथा कार्यक्रममा राख्नका लागि भन्दै स्वास्थ्य मन्त्रालयलाई बुझाइएको बताए।

कार्यक्रममा राज्यमन्त्री यादवले सम्मेलनबाट उठेका यी अनुसन्धानले स्वास्थ्यको नीति तथा कार्यक्रम एवं योजना बनाउन निकै सजिलो बनाउने बताए।

यसैगरी, राष्ट्रिय योजना आयोगकी सदस्य डा‍. उषा झाले स्वास्थ्य सेवा गाउँगाउँसम्म पुर्‍याउन हेल्थ फर अल भन्ने नारा मात्रै राखेर नपुग्ने भन्दै सेवा सबैको पुहुँचमा हुनुपर्ने बताइन्।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रशासन तर्फका सचिव रामप्रसाद थपलियाले अर्थ मन्त्रालयले स्वास्थ्यमा बजेट खर्च किन गर्न सक्दैन भनेर प्रश्न गर्ने गरेको प्रसंग उठाउँदै यसपटकदेखि यस्तो प्रश्न आउन नदिने गरी कार्यक्रम बनाइएको बताए। कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डेलरले स्वास्थ्यका अनुसन्धानमा आफूहरू सधैँ सहयोग गर्न तयार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.