समाज

मोटरसाइकल चालकको मृत्युपछि विराटनगर-जोगवनी सीमाक्षेत्रमा तनाव
SHARES

दर्जनौं सवारी साधन तोडफोड

साउन ९, २०७६

    विराटनगर : औद्योगिक कच्चा पदार्थ बोकेर नेपाल आएको लहरीको ठक्करबाट एक जनाको मृत्यु भएपछि विराटनगर–जोगवनी सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ। 

    विराटनगर महानगरपालिका–१५ रानीमा बिहीबार साँझ मोटरसाइकल चालक २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो। 

    एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै सवारी साधन भारतबाट नेपालतर्फ आउँदै थिए। 

    घटनाको विरोधमा प्रदर्शन र तोडफोड भएको छ। स्थानीयले मोटरसाइकललाई ठक्कर दिने लहरीसहित १ दर्जनबढी सवारी साधनमा तोडफोड गरेका छन्। भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर स्थानीयले प्रदर्शन पनि गरेका छन्। 

    अहिले त्यस ठाउँमा सवारी साधन आवतजावतमा अवरोध भएको छ। मालसामान बोकेका कतिपय गाडीहरु भारतबाट नेपाल प्रवेश गर्न पाएका छैनन् भने विराटनगर भन्सार यार्डमा रहेका गाडीको जाँचपास रोकिएको छ। 

    मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको लहरीले ठक्कर दिँदा दुर्घटना भएको हो। शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ। दुर्घटनापछि लहरीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। 

    स्थानीयले लहरी चालकलाई घटनास्थलमा उपस्थित गराउनु पर्ने, दोषीमाथि कारबाही हुनु पर्ने, लहरी लगायतका ठूला गाडीको ज्यादती बन्द हुनु पर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्ने माग गरेका छन्। 

    इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रदर्शनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

अर्जुन आचार्य

आचार्य थाहा खबरका मोरङ समाचारदाता हुन्। इमेल : jorarjun@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]