|

काठमाडौं : नवीन पौडेल र पूर्णकला विसीको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ। सार्वजनिक 'बोल्नु पर्छ ओइ' बोलको गीतलाई ब्याङ्ग्यात्मक शैलीमा तयार गरिएको छ। उक्त गीतमा दिग्गज धौरालीको शब्द तथा विष्णुप्रसाद घिमिरेको संगीत रहेको छ।

गीतबाट देशमा भएका बेथिति, बिसंगती, कु-संस्कार, भ्रष्टाचार एवं लुटतन्त्रविरुद्ध चोटिलो प्रहार गरिएको छ। 'एउटै गल्तीमा कसैलाई जेल र कसैलाई सफाइ दिनु हुँदैन भन्ने कुरालाई पनि गीतमा समेटेका छौँ', गायक पौडेल भन्छन्, 'परदेशीको रेमिटेन्सले मुलुक चल्ने गर्छ, नोट चल्ने, भोट नचल्ने नीति फेर्नै पर्छ भनेर विदेशमा रहेका नेपालीको पीडालाई पनि देखाउने कोशिस गरेका छौँ।' उनले भ्रष्टाचारी र घुस्याहा कर्मचारीलाई पनि तिखो प्रहार गरेको बताए।

शंकर विसीको निर्देशनमा बनेको भिडियोमा शंकर विसी र रिना थापाको अभिनय रहेको छ। दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन्। नवीनले यसअघि पनि देशको अवस्थाअनुरूप गीतहरू बजारमा ल्याउँदै आएका छन्। उनको 'दुःखका दिन गए', 'नयाँ पार्टी खोल्छु', 'बैंश आ'को छोरीलाई जोगाउनै गाह्रो' लगायत गीतहरू सार्वजनिक गरिसकेका छन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.