महिला अधिकारकर्मीको तर्क : हत्यारालाई सरकारले पाल्यो!

|
प्रतीकात्मक तस्विर

कञ्चनपुर : १३ वर्षीया निर्मला पन्तको हत्या भएको एक वर्ष पुग्दा पनि कञ्चनपुरका सुरक्षा अधिकारीले अहिलेसम्म हत्याराको सुराक नभेटेको बताएका छन्। 

उनीहरूले अहिले पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिहेको जनाउँदै सुराक भेट्नेबित्तिकै समात्ने जिकिर गरिरहेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेशकुमार आर्चायले अहिले पनि निरन्तर अनुसन्धान चलिरहेको जानकारी दिए। ‘अपराधी पत्ता लगाउने क्रममै छौं। अपराधीनजिक पुगेपछि समातीहाल्छौं’, उनी भन्छन्, ‘अहिलेसम्म कुनै पनि तथ्य फेला परेको छैन।’

त्यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य निर्मलाको हत्यारा पत्ता लगाउन अनुसन्धान चलिरहेको बताउँछन्। ‘जिल्ला प्रहरी र सिआईबीको टोलीले अनुसनधान गरिरहेका छन्’, उनले भने, ‘राष्ट्रको ध्यान यसमै केन्द्रित छ। अनुसन्धान पुरा नहुँदासम्म, रिजल्ट नआउँदासम्म अनुसन्धान प्रभावकारी नभएको भन्न मिल्दैन।’ 

निर्मलाकी आमालाई नगरपालिकामा रोजगारी

निर्मलाको बलात्कारपछि भएको हत्यालाई जघन्य अपराध भन्छन् भीमदत्तनगर नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट। ‘अझैसम्म दोषी पत्ता नलाग्नु दुःखद छ।अनुसन्धानका लागि प्रहरीको टोली अहिले पनि परिचालित रहेको जानकारी पाएको छु’, उनले भने, ‘सबै क्षेत्रबाट अनुसन्धानमा सहयोग हुनुपर्छ। दोषी उम्कनुहुँदैन। सुुरुमा मलाई पीडित परिवारजनसँग भेट्न दिइएन। मेरो परिवारसँग जोडेर विभिन्न हल्ला फिजाइँयो ।’

नगरपालिका प्रमुख विष्टले न्याय दिनका लागि केन्द्र र प्रदेश सरकारसँग आग्रह गरेको उनले सुनाए। ‘न्याय दिलाउन प्रयत्न जारी छ। ६ महिनादेखि परिवार चलाउन समस्या भएको खबर पाएपछि डोर हाजिरीबाट काम गर्ने गरी निर्मलाकी आमालाई रोजगारी दिएको छु।’

हत्यारा कुनै पनि हालतमा उम्कन नहुने विष्टले बताए। ‘दोषीलाई कारवाही हुनुपर्छ। दोषी पत्ता लगाउन सबैको सहयोग चाहिएको छ।’ 

महिला अधिकारकर्मी यसो भन्छिन्ः

महिला अधिकारकर्मी शारदा चन्द भने सरकारले चाहेको केही घण्टामै हत्यारालाई समात्न सक्ने बताउँछिन्। ‘हत्याराबारे सरकारलाई राम्ररी थाहा छ। सरकारले चाह्यो भने केही घण्टा भित्रै हत्यारालाई कानुनी कठघरामा ल्याउन सक्छ’, उनले भनिन्, ‘केही दिनअघि गृहमन्त्रीले बोलेका कुराप्रति घोर आपत्ति छ। त्यो अभिव्यक्तिले निर्मलाजस्ता किशोरीहरूको अधिकार हनन भएको छ।’ 

चन्दले न्याय दिन नसक्ने गैरजिम्मेवार कुरा आवश्यक नहुने बताइन्। ‘सरकारले निर्मलाका हत्याराहरूलाई पालेको छ’, उनले भने, ‘आफूमा लागेका दाग पखाल्न सरकारले निर्दोषलाई दोषी देखाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.