|

काठमाडौं : मेरी सानू कहाँ छौं, रूदै रूदै तिम्रो शहर लगायतका चर्चित गीतमा स्वर भरेका  युवा चर्चित गायक मेक्सम खातीको तीजको गीत 'मादलु' सार्वजनिक भएको छ। नरेश खातीको लय र शब्दमा रहेको गीतमा मेक्सम र शान्ती श्री परियारले स्वर भरेका छन्।

 नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका मेक्समले तीज गीतमा मौलिकता प्रदान गर्न सक्दो मिहिनेत गरेको बताए।  मौसम हिमालीको निर्देशनमा रहेको गीतमा मेक्सम र जुना सुन्दासको अभिनय देख्न सकिन्छ। करण चैसिरले खिचेको भिडियोमा मनोज कार्कीले सम्पादन गरेका हुन्।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.