|

पोखरा : गण्डकी प्रदेशसभाका सदस्यले लगाउने सुनको लोगो आइपुगेको छ। चीनको सांघाईमा बनेको सुन र चाँदी जडित उक्त लोगो गत साउन सात गते प्रदेशसभा आइपुगेको हो।  सुन जडित लोगो प्रदेशसभामा सहभागि हुन आउने सांसदलाई प्रदेशसभा सचिवालयले उपलब्ध गराइरहेको छ।

‘चार दिनअघि मात्रै लोगो आइपुगेको हो, प्रदेशसभा बैठकमा आउनेले लागो लगाइ पनि सकेका छौँ,’ कार्यव्यवस्था परामर्श समितिका सदस्य तथा सांसद हरिशरण आचार्यले भने, ‘पहिले बनेको लोगो खुइलिने, देख्दा नराम्रो भयो भन्ने सबैको मत भयो अनि कार्यव्यवस्था परामर्श समितिले छलफल गरेर नयाँ लोगो बनाउने निर्णय गरेको थियो।’

अहिलेको लोगो हेर्दा आकर्षक रहेको उनी बताउँछन्। चीनमा बनेर आएको नयाँ लोगो चाँदी र सुनले बनेको छ। पहिलेको लोगो प्लास्टिकको थियो। प्लास्टिकको लोगो बनेको वर्ष दिन नपुग्दै खुइलिन थालेपछि यसबारे सोचिएको आचार्यको भनाइ छ।  यसअघि सभामुख नेतृत्वको लोगो तथा पोशाक सिफारिस समितिले गतवर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो।

चीनमा बनेको उक्त लोगो प्रतिगोटा छ  हजार पाँचसय रुपैयाँ परेको छ। अहिले भइरहेको लोगो नेपालमै करिब २ सय रुपैयाँमा बनेको थियो। नयाँ लोगोमा रहेको दुवैतर्फको धानको बालामा सुनको लेपन छ। गत जेठ २० गते तेस्रोपटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर सुन चाँदी जडित लोगो ल्याइएको हो।

‘यो नेपालमा नबन्ने रहेछ,’ सांसद आचार्यले भने, ‘चीनबाट बनेर आएको हो। एकैपटक १०० वटा बनेको छ। अहिले तत्कालका लागि ४० वटा एक्स्ट्रा ल्याइएको छ।’ कुनै सांसदले उक्त लोगो हराएमा प्रदेशसभामा किन्न पाउनेछन्। त्यसरी लोगो किन्दा छ हजार पाँच सय रुपैयाँ परेकोलाई सदस्यले भने तीन हजार रुपैयाँ तिर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.