पछिल्लो वर्ष लगानीमा गिरावट

|

काठमाडौं : गत आर्थिक वर्ष २०७५/७६ मा दुई खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँको लगानी थपिएपछि नेपालको उद्योग क्षेत्रमा १९ खर्ब ६३ अर्ब रुपैयाँभन्दा बढीको लगानी पुगेको छ। प्रत्येक वर्ष व्यापार घाटा बढ्दै गएको बेला सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्नको लागि आग्रह गर्दै आएको छ। 

लामो समयदेखि राजनीतिक अस्थिरता र अस्थिर सरकार बनिरहेको अवस्थामा बलियो सरकार गठन भएपछि लगानी बढ्ने अपेक्षा गरिए पनि त्यसो भने हुन सकेको छैन। आर्थिक वर्ष २०७४/७५ मा विभिन्न उद्योगमा तीन खर्ब ५० अर्ब रुपैयाँ लगानी भएकोमा पछिल्लो आर्थिक वर्षमा भने ६८ अर्ब रुपैयाँ घटेको छ। उद्योगको संख्या पनि घटेको छ।

 आर्थिक वर्ष २०७५/७६ मा उद्योग विभागमा ४३६ उद्योग दर्ता भएकोमा २०७४/७५ भन्दा ६२ उद्योग कम हुन्। पछिल्लो वर्ष दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै ११८ उद्योग दर्ता भएका छन्। यसैगरी, कृषि तथा वन्यजन्तु क्षेत्रमा २७ उद्योग दर्ता भएका छन् भने निर्माण क्षेत्रमा ३ उद्योग, ऊर्जामूलक क्षेत्रमा ४७ उद्योग दर्ता भएका छन्। विभागका अनुसार सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २१, खनिजमा १, सेवामूलकमा १ सय २ र पर्यटन क्षेत्रमा १ सय १७ उद्योग दर्ता भएका छन्।

अघिल्लो वर्ष कृषि तथा वन्यजन्तु क्षेत्रमा २२ उद्योग दर्ता भएका थिए। त्यसैगरी, निर्माण क्षेत्रमा ४ उद्योग, ऊर्जा क्षेत्रमा ३९, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २४, उत्पादनमूलक क्षेत्रमा १ सय ३२, खनिजमा ४, सेवामूलकमा १ सय १४, र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै १ सय ५९ उद्योग दर्ता भएका थिए।

आठ हजार उद्योग

उद्योग विभागको तथ्यांकअनुसार अहिलेसम्म करिब आठ हजार उद्योग दर्ता भएका छन्। उद्योग दर्ताका हिसाबले सबैभन्दा बढी आर्थिक वर्ष २०४९/५० मा  भएको थियो भने लगानीका हिसाबले अहिलेसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ मा भएको थियो। 

आर्थिक वर्ष २०९/५० मा अहिलेसम्मकै सबैभन्दा बढी  ६०६ उद्योग दर्ता भएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी लगानी तीन अर्ब ५० अर्ब रुपैयाँलगानी भएको छ। हालसम्म सात हजार ९६७ उद्योगमा १९ खर्ब ६३ अर्ब ७४ करोडको लगानी रहेको छ भने पाँच लाख ९८ हजार ५०० लाई रोजगारी दिने क्षमता राख्छन्। 

बढेको लगानी किन खस्कियो?

आर्थिक वर्ष २०७३/७४ मा एक खर्ब ६३ अर्ब रुपैयाँको मात्रै लगानी रहेको थियो। तर, आर्थिक वर्ष २०७४/७५ मा करिब दुई गुणा बढी उद्योगमा लगानी बढ्यो। सरकारले नीतिगत सुधार गरेको दाबी गरे पनि आर्थिक वर्ष २०७५/७६ मा त्यो प्रभाव देखिएन। २० प्रतिशत लगानी कम भयो।

निजी क्षेत्रले पछिल्लो सयम सरकारले बनाएको नीति उद्योगमैत्री नभएको कारण लगानी ढ्न नसकको दाबी गरकाे छन्। 'हरेक पटक नयाँ नीति आउँदै छ थप त्रास बढ्दै छ' एक उद्योगीले भने 'व्यापार राजस्वबाट तत्कालको लागि लाभ देखिएको कारण उद्योगमा सकरारको ध्यान पग्न सकेको छैन, उद्योग खोल्दा नाफा सुनिश्‍चितता कम भएपछि लगानी बढाउने कुरा भएन।'

तर, उद्योग विभागले भने आर्थिक वर्ष २०७५/७६ नीति निर्माण वर्ष भएको कारण उद्योग पर्ख र हेरको अवस्थामा बसेको र चालू वर्षबाट लगानी बढ्ने दाबी गरेको छ। 'हामीले गत वर्ष धेरै नीति नियम बनायौँ, यो वर्ष त्यसको प्रभाव देखिने छ, नेपालमा लगानीको वातावरण राम्रो बनेको छ' उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिहंले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.