|

दमक : सातौं  राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दो खेलमा नेपाली सेनाका खेलाडीहरुले १६ स्वर्ण, ४ रजत र २ कास्य जित्न जितेका छन्।

आइटिएफमा मध्यमाञ्चलले ३ स्वर्ण, ६ रजत र ७ कास्य पदक जित्यो। शसस्त्र प्रहरीको एपीएफले ३ स्वर्ण, ३ रजत र १ कास्य जित्यो भने पूर्वाञ्चलले  ३ स्वर्ण,२ रजत र ३ कास्य जित्यो। प्रतियोगितामा पश्चिमाञ्चलले २ स्वर्ण,१० रजत र ६ कास्य पदक हात पार्दा  सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल स्वर्णविहिन बने।

आइटिएफमा मध्यपश्चिमाञ्चल २ रजत र ४ कास्य तथा  ६ कास्यमै सिमित भए। चौथो दिनको खेलमा पुरुष स्पाइरिङतर्फ ६६ देखि ७० केजी तौल समूहमा मध्यमाञ्चलका हनक सुब्बाले स्वर्ण जिते। यो इभेन्टसमा आर्मीका लिलाधर बस्नतेले रजत र मध्यपश्चिमाञ्चलका रोशन रैदास तथा पश्चिमाञ्चलका दानकुमार सारु मगरले कास्य हात पारे।

७१ देखि ७५ केजीतर्फ एपिएफका हर्कलला राजबंशीले स्वर्ण, आर्मीका भीमबहादुर बस्नेतले रजत र पश्चिमाञ्चलका शिव जिसी तथा पूर्वाञ्चलका सदिया तामाङले कास्य पदक जिते।

 यसै गरि ७६ देखि ८० तौल समूहमा आर्मीका विजय सुनुवारले स्वर्ण हात पारे। यस इभेन्टसमा एपीएफका कृष्ण थापाले रजत र मध्यमाञ्चलका असिम गोवा तथा सुदुरपश्चिमाञ्चलका अनिल नेपालीले कास्य जिते।

८१  देखि ८५ तौल समूहमा पश्चिमाञ्चलका साजन पचभैयाले स्वर्ण, एपीएफका लव बहादुर ऐरीले रजत र मध्यमाञ्चलका शेरबहादुर मगर तथा आर्मीका प्रमोद शाहले कास्य जिते।

८४ केजी माथि आर्मीका चाउची दंगोलले स्वर्ण, पश्चिमाञ्चलका सुदिप आचार्यले रजत र सुदुरपश्चिमाञ्चलका सुमित सुनुवारले कास्य जिते। ग्रुप प्याट्रन पुरुषतर्फ आर्मीले स्वर्ण र मध्यमाञ्चलले रजत हात पार्‍यो। महिलातर्फ मध्यमाञ्चलले स्वर्ण तथा आर्मीले रजत हात पारे।

मंगलबार पदक जित्न सफल खेलाडीहरुलाई  झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.