|

जनकपुरधाम : धनुषाको जनकपुर–महेन्द्रनगर सडक खण्डमा आइतबार साँझ विंगर र टेम्पो आपसमा ठोक्किँदा तीन यात्रुको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विंगर र जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षीरेश्वरनाथ नगरपालिका ४ मा आपसमा ठोकिएको हो। घटनामा क्षिरेश्वरनाथ नपा ३ का ७२ वर्षीय रामदेव साह, सिरहाको इनर्वाकी २७ वर्षीया रेखा यादव र टेम्पो चालक रोशण साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

वृद्ध साह र महिला यादवको घटनास्थलमै मृत्यु भएको छ भने क्षिरेश्वरनाथ नपा ३ कै चालक साहको उपचारका लागि जनकपुर ल्याउँदै गर्दा मृत्यु भएको हो। घटनामा गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र बजारकी गीता पासवान र नाम खुल्न नसकेका एक यात्रु घाइते भएका छन्।

घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अहिले घटनास्थलमा ठूलो संख्यामा सर्वसधारणको भीड लागेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.