आफ्नै कर्मचारीसँग घुस

|

पोखरा : जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्। 

जिल्ला स्वास्थ्य प्रमुख भीमप्रसाद आचार्यसहित स्टोर किपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन्।

उनीहरुले कार्यलयबाट सञ्चालित कार्यक्रमको पेश्की  फर्स्योट गरिदिने भन्दै आफ्नै कर्मचारीसँग एक लाख ३० हजार रुपैयाँ घुस मागेका थिए। 

घुस मागेको उजुरीका आधारमा अख्तियार दुरूपयोग अुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो।

‘कार्यालयकै कर्मचारीसँग घुस मागेको सूचना आयो। अनुसन्धान गर्दै जाँदा सवारी चालकमार्फत् घुस बुझ्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो,’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले भने। पक्राउ परेकाहरु अख्तियारकै नियन्त्रणमा छन् ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.