व्यापार वृद्धिदरमा उल्लेख्य गिरावट

|

काठमाडौं : असारमा आएको बाढीपहिरो र भन्सार समस्याका कारण नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ। गत आर्थिक वर्षको अन्तिम तेस्रो साता आएको बाढी-पहिरो र विषादी जाँचले भारतीय तरकारी भन्सारमा रोकिएको थियो।

त्यसको प्रभाव व्यापारमा मात्रै नभइ सरकारको राजस्वमा पनि देखिको छ। अपेक्षाभन्दा करिब ६० अर्ब रुपैयाँ कम राजस्व उठाएको अर्थ मन्त्रालयले अपेक्षित राजस्व नउठ्नुको एउटा कारणका रूपमा असारको बाढीपहिरोलाई पनि मानिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बाढीपहिरोका कारण पनि संशोधित राजस्व लक्ष्य पनि पूरा हुन नसकेको बताए।

सरकारको दाबीलाई केही हदसमम्म तथ्यांकले पनि पुष्टि गरेको छ। पछिल्लो तीन वर्षको तथ्यांकलाई आधार मान्‍ने भने वर्षभरि हुने औसत व्यापारको तुलनामा असारमा पाँचदेखि १० प्रतिशत बढी कारोबार हुने गर्छ। आर्थिक वर्ष २०७३/७४ मा वर्षभरिमा मासिक औसत कारोबार ८८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। तर, आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारको कारोबार भने ९८ अर्ब ३० करोड रुपैयाँ छ।

आर्थिक वर्ष २०७४/७५ को वार्षिक कारोबारलाई आधार मान्दा मासिक औसत कारोबार एक खर्ब १० अर्ब रुपैयाँ हो। तर वर्षको अन्त्यमा ३५ अर्ब बढी कारोबार देखियो। त्यस्तै, जेठ महिनाको तुलानामा असारमा १४ अर्ब रुपैयाँ बढी कारोबार भयो। जेठ महिमा एक खर्ब ३१ अर्ब रुपैयाँको कारोबार भएकोमा असार महिनामा एक खर्ब ४५ अर्ब रुपैयाँको कारोबार भयो।

पछिल्लो आर्थिक वर्षमा भने असारमा कारोबार बढ्नुको साटो करिब तीन अर्ब रुपैयाँ घट्यो। आर्थिक वर्ष २०७५/७६ को जेठ महिनाको तुलनामा असारमा जम्मा व्यापार दुई अर्ब ९५ करोड ६९ लाख रुपैयाँ कमी आएको छ। जसमा आयात व्यापार दुई दर्ब ९२ करोड निर्यात व्यापार दुई करोड ६४ लाख रुपैयाँ कमी आएको छ। त्यस्तै, व्यापार घाटामा दुई अर्ब ९० करोड रुपैयाँले कमी आएको छ।

असार महिनामा एक खर्ब २८ अर्ब रुपैयाँको भएकोमा एक अर्ब १८ करोड रुपैयाँ आर्यात र नौ अर्ब २७ करोड रुपैयाँको निर्यात भएको छ। जब कि जेठ महिनामा  एक खर्ब ३० अर्ब रुपैयाँको व्यापार भएकोमा निर्यात नौ अर्ब ३० करोड र आयात एक एक खर्ब २१ अर्ब रुपैयाँको भएको छ। 

२० अर्बको व्यापारमा प्रभाव

पछिल्लो आर्थिक वर्षको असारमा अन्तर्राष्ट्रिय व्यापारमा करिब २० अर्ब रुपैयाँको कमी आएको देखिएको छ। गत आथिक वर्षमा भएको कारोबार चालू आर्थिक वर्षमा भएको कारोबार र असारमा महिनामा बढ्ने कारोबारलाई आधार मान्दा करिब एक खर्ब ५० अर्ब रुपैयाँको कारोबार हुने देखिन्छ।

गत आर्थिक वर्षको तुलनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार एक खर्ब ९० अर्ब रुपैयाँ बढेको छ। गत वर्षको असार महिनाको व्यापार भने भने निकै कमी देखिएको छ। असार महिनामा जम्मा एक खर्ब २८ अर्ब रुपैयाँको कारोबार भयो। जेठ महिनाको तुलनामा तीन अर्ब रुपैयाँले कमी देखिँदा अघिल्लो आर्थिक वर्षको तुलनामा १७ अर्ब रुपैयाँले घटेको छ। वृद्धिदरका आधार मान्दा चालू आर्थिक वर्षमा अपेक्षाभन्दा करिब २० देखि २५ अर्ब रुपैयाँ व्यापार कमी भएको देखिएको छ।

व्यपार वृद्धिदरमा उल्लेख्य कमी

चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय व्यापार वृद्धिदरमा उल्लेख्य कमी देखिएको छ। आर्थिक वर्ष २०७२/७३ मा भूकम्पका कारण अघिल्‍लो वर्षका तुलानमा ३१ प्रतिशतले कमी आएको थियो। त्यसयताका दुई आर्थिक वर्षमा निरन्तर २० प्रतिशतको वृद्धिदर थियो।

आयातको तुलनामा निर्यात नगन्य भए पनि पछिल्लो आर्थिक वर्षमा निर्यात वृद्धिदर भने बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा जम्मा ३ प्रतिशतको निर्यात वृद्धिदर भएकोमा आर्थिक वर्ष २०७४/७५ मा वृद्धिदर नौ प्रतिशतमा पुग्यो। पछिल्लो आर्थिक वर्षमा भने निर्यात वृद्धिदर १६ प्रतिशतले बढेको छ। जसमा जम्मा व्यापार वृद्धिदर १३ प्रतिशत रहेको छ भने आयात वृद्धिदर १२ प्रतिशत रहेको छ।

पछिल्लो पाँच आर्थिक वर्षमा नेपालको व्यापार अवस्था

रकम हजारमा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.