|
फोटो : धुर्मुस सुन्तली फाउन्डेसनको फेसबुक पेजबाट

काठमाडौं : हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) एकीकृत बस्ती निर्माण गर्न मुसहर बस्ती पुगेका छन्। महोत्तरीको बर्दिबास -२ स्थित मुसहर समुदायका लागि ५० घरको नमुना बस्ती निर्माण गर्न उनी त्यहाँ पुगेका हुन्।

बस्ती निर्माण शुभारम्भ गर्न सिताराम मंगलबार बिहानै मुसहर बस्ती पुगे। उनलाई मुसहर बस्तीका स्थानीयले फूलमालासहित स्वागत गरे।' खरका झुपडी भएको बस्तीलाई पक्की घर दिने' सितारामको योजनाले मुसहर बस्तीमा खुसी छाएको छ। मुसहर बस्ती निर्माणमा अभियानलाई सितारामले 'मानवता र सद्‍‍भावका लागि सहकार्य' को नाम दिएका छन्। उनले पछि परेको समुदायलाई साथ दिन मुसहर बस्ती आएको बताए। 

धुर्मुस- सुन्तली फाउन्डेसनले मुसहर नमूना बस्ती निर्माणका लागि स्थानीय स्तरमा रहेका राजनीतिक दलहरुलाई बोलाएर सार्वजनिक सुनुवाइ पनि गरेका छन्।

धुर्मुस- सुन्तलीले हप्ता दिनअघि मुसहर बस्तीमा नमूना बस्ती निर्माण गर्ने घोषणा गरेका थिए। त्यसपछि उनीहरुलाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ।

यो बस्ती निर्माणका  निर्माण गर्न ४ करोड ७८ लाख लाग्‍ने अनुमान गरिएको छ। चैतसम्म यो बस्तीको निर्माण सक्ने फाउन्डेसनको योजना छ। 

सिताराम र कुञ्जनाको अगुवाइमा निर्माण हुन लागेको यो तेस्रो नमूना बस्ती हो। यसअघि उनीहरु काभ्रेको पाँचखालमा पहारी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्प पीडितका लागि नमूना बस्ती निर्माण गरेका थिए।

सम्बन्धित सामग्री : धुर्मुस सुन्तलीको 'अर्को आँट' : मुसहर नमूना बस्ती निर्माणको घोषणा
                          : धुर्मुस सुन्तलीले तराईमा पनि नमुना बस्ती बनाउने
                          : गिरानचौर नमूना बस्ती समुदायलाई हस्तान्तरणः आफ्नै घरमा मनाउने छन् भूकम्प प्रभावितले तिहार
                          : गिरान्चौरमय धुर्मुसको दशैं, टिका लगाएपछि सोझै पुनर्निर्माणमा फर्कने
सिताराम र कुञ्जनाले मुसहर बस्तीका लागि सहयोगको अपील गरेको भिडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.