|
Photo : www.cer.org.uk

  • मार्क लियोनार्ड 

सरकारले कसरी सोच्छन् भन्ने कुरा बाहेक सबै विषय परिवर्तन भए गएको वर्ष। ब्रेग्जिट (यूरोपियन युनियनबाट बेलायतको बहिर्गमन) का लागि पूर्व–छलफल भन्दा बढि स्पष्ट देखिने चीज कही कतै छैन। बेलायत र युरोपेली युनियन दुवै पक्षले अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको विजयले अर्थात् उदार विश्व व्यवस्थाको ह्रासका कारण देखा पर्ने दूरगामी असरहरुको वेवास्ता गर्दा यस्तो लाग्छ यिनीहरुले त्रासदी सामना गर्नेछन्। 

बेलायती प्रधानमन्त्री थेरेसा मेका कुनीतिज्ञहरुको व्यवहार हेर्दा जो कोही पनि ब्रेग्जिट नै अहिलेको वास्तविक अनिश्चितता हो भन्ने विश्वास गर्नसक्छ। वास्तवमा, उनीहरु विश्वस्त देखिन्छन् कि कन्जरभेटिव पार्टीको एकता जगेर्ना गर्नुभन्दा पर गएर बेलायतलाई धेरै फाइदा कसरी हुन्छ भन्ने विषय नै अपरिहार्य छ। 

लेखक मार्क लियोनार्ड

सरकारका बे्रग्जिट वार्ताकारहरुले विश्व बृद्धिको सहज अनुमान लगाउन सक्छौँ भन्ने सोच्नाले उनीहरु बेलायतले ठूलै स्थान पाउनु पर्छ भन्ने कुरामा जोड दिइरहेका छन्। उदार अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था जारी रहने छ भन्दै उनीहरु ईयुको बन्देजबाट मुक्त भएपछि बेलायतले जागरुक साझेदारसँग व्यापार सम्झौता गर्ने छ। अन्त्यमा, बे्रग्जिटरहरु आपूm एक्लै अगाडि बढ्दा हुने सुरक्षा समस्याबारे कत्ति पनि चिन्तित देखिदैनन् किनकि उनीहरु अमेरिकाले विश्वव्यापी प्रहरीको भूमिका खेलिरहनेछ भन्ठान्छन्, र नाटोको अवरिल संरक्षण त छँदैछ। 

यस्तो विश्वास गर्नेमा बेलायती मात्र एक्ला छैनन्। ब्रसेल्सका इयु निकायहरु र विशेषगरी भन्नु पर्दा युरोपेली आयोगका अध्यक्ष जीन क्लाउड जन्कर युनियनका लागि सबैभन्दा ठूलो खतरा ब्रेग्जिट असरबाट सिर्जित युरोपली अविश्वासको परिणामलाई नै लिन्छन्। 

यस परिप्रेक्षमा, इयुका ब्रेग्जिट वार्ताकारहरुको उद्देश्य स्पष्ट हुनेछ, युरोपियन समुहको सदस्य भएको नाताले महत्वपूर्ण फाइदा लिइन्छ र त्यो बिछोडको मूल्य ठूलो हुन्छ। त्यही तर्कले इयु परिषद्का अध्यक्ष डोनाल्ड टस्कलाई बेलायतसँग दुइटा बाटा छन् भन्न घच्घच्यायो, कठिन बे्रग्जिट वा ब्रेग्जिट विहिनता। सदस्य राष्ट्रले पूर्व—छलफलमा भाग लिन अस्वीकार गर्नु वा संक्रमणकालीन व्यवस्थापन स्वीकार गर्नुका पछाडि पनि यहि तर्कले काम गरेको छ। 

यद्यपि यो तर्क विगतको दुनियाका लागि हो र त्यो समयमा पनि यसले उतिसारो काम भनें गरेन। ग्रिस संकटको समयमा इयुको रणनीति भनेको समझदारीको समयावधि तोक्नु र ग्रिसलाई यसको अवलम्बन गर वा समझदारी नै नगर भनी निर्णय गर्नु थियो। यदि ग्रिसले वार्ताको प्रयास गरेको भए, इयुले दबाब झेल्न सकुन्जेलसम्म क्रमैसँग अनाकर्षक शर्त राख्थ्यो। 

सन् २०१५ का वार्तामा इयुको एकोहोरो ढिपीका कारण ग्रिक प्रधानमन्त्री एलेक्सिस सिपरास र उनका त्यो बेलाका अर्थमन्त्री यानिस फारौफाकिस बडो मर्माहत भएका थिए जसमा ग्रिस आफैँले धेरै गुमाउनु पर्ने थियो। यद्यपि प्रधानमन्त्री सिपरासले सहमति गरे अनि त ग्रिक सङ्कट अझै समाधान भएको छैन।

यस्तो अनुभवको बावजुद तथा अझ अस्थिर विश्व परिवेशको यथार्थता हुँदाहुँदै अहिले पनि इयु उही पुरानै वार्ताको रणनीति अबलम्बन गर्न लागेको जस्तो देखिन्छ। इयुका मुख्य बे्रग्जिट वार्ताकार माइकल बार्नियरले बेलायती सरकार समक्ष सन् २०३० सम्ममा पेन्सन र अन्य प्रतिवद्धता पूरा गर्न पचास अर्ब युरोको बिल पेस गरेका छन्। बेलायती राजनीतिज्ञहरु इयु अधिकारीहरुले ठ्याक्कै यही अर्थ लगाउछन् भनेर पत्याउँदैनन्, तर इयु अधिकारीहरुले यसै गर्छन्।

बेलायत र इयु यतिखेर भयाबह खेलमा फसेका छन्, यो खेल समय नघर्किउन्जेलसम्म जारी रहन सक्छ। यसको परिणाम खराब ब्रेग्जिटभन्दा पनि नराम्रो हुनेछ। यो तर्कवितर्क नगरिएको ब्रेग्जिट हुनेछ जहाँ बेलायतले आफ्नो चरम विफलतासम्म इयु छोड्दैन। दुवैतिर उत्पात आर्थिक क्षतिभन्दा पनि पर यति धेरै वैमनस्यता पैदा गर्ने छ कि यसले दुवै पक्षलाई प्रतिआतंकवाद, व्यापार तथा बन्देज, अन्तर्राष्ट्रिय कूटनीति र जलवायु परिवर्तनलगायतका थुप्रै अरु क्षेत्रमा काम गर्न असम्भव हुनेछ। 

बे्रग्जिटपछिको बेलायतको आत्मपराजित स्वार्थ र इयुको युरोपेली व्यवस्थाको रक्षा गर्ने प्रयासबीच कुनै नैतिक समानता छैन। इयुको यो प्रयास दोश्रो विश्व युद्ध र शीत युद्धको विनाशपश्चात् बडो मिहिनेतका साथ स्थापित भएको हो।

बर्लेमोन्ट र वेस्टमिनिस्टरको हिउँको भूगोलभन्दा बाहिरको वास्तविकता के हो भनें इतिहासबाट युरोपका सजह दिनहरुको अचानक अत्य भएको छ। ट्रम्पको संरक्षणवाद ग्रसित व्यापार नीतिले विश्व आर्थिक बृद्धिमा नकारात्मक असर पर्ने सम्भावना छ, र उसको अन्तर्राष्ट्रिय संस्थाहरुप्रतिको आक्रमणले शान्ति र सहकार्यको अबमूल्यन गर्नेछन् जसले सुरक्षासम्बन्धी खतरनाक परिणाम निम्त्याउने छ। 

बेलायती सरकाले पत्याइहाल्ने कुराको विपरित नाटो होइन इयु चाहिं आफ्नो सुरक्षाप्रति सबैभन्दा महत्वपूर्ण छ। तत्काल नाटो गम्भीर चुनौतीहरु सामना गरिरहेको छ। नाटोमा अमेरिकी उत्तरदायित्वको बढावामा ट्रम्पको खस्कदो चासोको अलावा बाल्टिक्स देखि टर्कीसक्मका नाटो सदस्य राष्ट्रहरु दबाबमा छन्। 

बाल्कानको शान्ति देखि इरानको आणविक सम्झौता तथा रसियाद्वारा क्रिमिया विलय सम्मका जुनसुकै विषयमा पनि गएको केही दशकमा नाटो होइन कि इयुले सबैभन्दा ठूला परराष्ट्र नीतिको सफलता मिलाएको छ। ट्रम्पको विजयले इयुलाई रक्षा सहकार्यका लागि स्थायी संयन्त्रमा सहमत गर्न उक्साए पनि युरोपेली सुरक्षामा आउँदो अमेरिकी प्रशासनको असर सकारात्मक हुदैन। 

यतिबेला ब्रेग्जिट वार्ताकारले सत्यता स्वीकार्नु पर्छ र सोही अनुरुप खेल योजना परिवर्तन गर्नुपर्दछ। जुन व्यवस्था जसबाट बेलायतीहरु फाइदा मिल्ने आश गर्छन् त्यसकै आधारहरु भत्काउने गरी उनीहरु वार्ता तरीका जारी राख्न सक्दैनन्। र इयुले आफ्नो रुखो अडानबाट फर्किनै पर्छ तथापी यो तर्कसंगत हुनेछ। 

जोन मेनार्ड किनेसले एक पटक भनेका थिए व्यवहारिक मानिस तिनीहरु हुन् जो आफूलाई बौद्धिक प्रभावबाट टाढा छौं भन्छन् र वास्तवमा प्राय केही वाहियात अर्थशास्त्रीको दास हुन्छन्। अहिले, बेलायत र इयु कामनलाग्ने विचारका दास भएका छन्। यदि उनीहरुले आफ्नो बौद्धिक जंजाल नतोड्ने हो भनें उनीहरुले दुःख बाहेक अरु केही आर्जन गर्ने छैनन्।

(मार्क लियोनार्ड युरोपेली परिषद्‍मा परराष्ट्र सम्बन्धका निर्देशक हुन्।)

अनुवादः नारायणप्रसाद घिमिरे/रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.