|

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू रवीन्द्र अधिकारीले उत्तराधिकारीको रूपमा आएको बताएका छन्।

नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा आफ्नो पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू अधिकारीको उत्तराधिकारीको रूपमा आएको बताएका हुन्। उनले आफ्ना घनिष्ट मित्र अधिकारीको हेलिकोप्टर दुर्घटनाबाट निधन भएपछि उनको उत्तराधिकारीको रुपमा आउन पाउँदा गर्वको अनुभूति भएको पनि स्पष्ट पारे।

मन्त्री भट्टराईले आफू मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढने प्रतिबद्धता पनि व्यक्त गरे। आफू निर्देशन दिन नभई मन्त्रालयको टिमसँग सिकेर काम गर्न लागिपर्ने पनि उनको भनाइ छ।

मन्त्री भट्टराईले पदभार ग्रहण गरिरहँदा आफू निर्वाचित क्षेत्र ताप्लेजुङका मतदाताको पनि स्मरण गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यसमेत रहेका उनले आफूलाई मन्त्रीको रुपमा नियुक्त गर्नु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार पनि व्यक्त गरे।

पदभार ग्रहण गर्नुअघि नवनियुक्त मन्त्री भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, सोही मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहितले पुष्पगुच्छासहित स्वागत गरेका थिए। यस अघि उनले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए।

हेर्नुहोस शपथग्रहणका केही झलक :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.