|

रौतहट : चन्द्रपुर नगरपालिका-३ को  वडा कार्यालयमा बिहीबार आगजनी गरेलगत्तै प्रहरीले नेत्रविक्रम चन्द विप्लवका तीनजना कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरी तीनजना कार्यकर्तालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुर टेकान टोलका स्थानीय मानबहादुर वाइबा, त्यही ठाउँ बस्ने रामबहादुर घिसिङ र वाड नम्बर ३ का रेवप्रसाद मैनालीलाई पत्रकार सम्मेलन गरी सावर्जनिक गरिएको हो। 

प्रहरीले चन्द्रनिगाहपुरको टेकानटोलस्थित उनीहरुकोे घर खानतलासी गर्दा घिसिङको घरबाट एकथान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको इलाका प्रहरी कार्यालय,चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक कबित कटुवालले बताए। 

रौतहटको चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालयमा आगजनी गरेको घटनालगत्तै  प्रहरीले वाइवा र घिसिङलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । वाइवा र घिसिङ  रौतहटमा हिंसात्मक गतिविधि सन्चालन गर्दै प्रहरीले जनाएको छ। 

हतियारसहित पक्राउ परेका वाइवा जनयुद्धकालीन माओवादी कार्यकर्ता हुन्। घिसिङ केही महिनायता विप्लवका सहयोगी रहँदै आएको खुलेको छ। पहिले माओवादी आन्दोलनमा रहेका वाइबा पछिल्लो समयमा सुमो गाडी चालकको काम गर्दै आएका थिए। घिसिङ गाउँमै मासु पसल चलाउँदै आएका थिए।

गत बुधबार रौतहटको चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालयमा आगजनीमा भएको थियो। वडा कार्यालयमा आगजनीको घटनामा वाइवा र घिसिङको संलग्नता रहेको इलका प्रहरी कार्यालय,चन्द्रनिगाहपुरले जनाएको छ। 

बुधबार दिउँसो चन्द्रपुर नगरपालिका-३ निवासी रेवप्रसाद मैनालीलाई पक्राउ गरेको थियो। वडा कार्यालयमा आगजनी गरेलगत्तै त्यो क्षेत्रमा प्रहरीले कडा अनुसन्धान गरेको थियो। पक्राउ गरिएका वाइबा र घिसिङलाई आगजनी र हातहतियार तथा खरखजना अन्तर्गत् मुद्दामा चलाइने प्रहरी नायव उपरीक्षक कटुवालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.