|

चितवन :  चितवनको भरतपुरस्थित सन्देश फाउण्डेसनका सञ्चालक गौरव ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको नाम बेचेर ठगी गरेको आरोपमा ढकाललाई काठमाडौंबाट विहीवार पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । पक्राउ परेका ढकाललाई अहिले काठमाडौंबाट चितवनतर्फ ल्याउँदै गरेको मल्लले बताए। 

प्रहरीका अनुसार ढकालले गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयमा काम गर्ने दाबी गर्दै असुली धन्दा चलाएका थिए। उनले सिडिओ र एसपीको नाम बेचेर ठगी गरिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको बताए।

यस्तै उनी मिटर व्याज कारोबारमा पनि संलग्न भएको सूचना रहेको प्रहरीले जनाएको छ। उनले आप्mनै कार्यालयमा विभिन्न व्यक्तिहरुलाई भेला गराई चेक बाउन्स र लेनदेनको मुद्दा, अवैध ढुकुटी र मिटरव्याजको काम गर्दै आएको प्रहरीको दावी छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.