|

  • मेगराज खड्का

रुकुम : सल्यानबाट राप्ती लोकमार्ग हुँदै रुकुम प्रवेश गर्ने बित्तिकै सदरमुकाम मुसिकोटको खलंगा देखिन्छ।

सदरमुकाम मुसिकोटमा आइपुग्दा पहिले यो गाउँमा सबैको आँखा जान्छ। यो हो सदरमुकाम नजिकैको चन्दननाथ गाउँ। रुकुमलाई सन् २०२० भित्र पूर्ण सरसफाइयुक्त जिल्ला निर्माण गर्न भैरहेका विभिन्न अभियान अन्तर्गत यो गाउँले यतिबेला पूर्ण सरसफाईका अलावा रुकुमलाई वातावरण मैत्री जिल्ला बनाउनका लागि आफैबाट सुरु गरेको छ।

घर घरमा हरियो रंग लगाउने तथा हरेक घरमा बिरुवा र फुल रोप्ने अभियान सञ्चालन गरेको छ। हरियाली पर्वद्धन गर्नका लागि अन्य गाउँले पनि अभियान थाल्नुपर्ने स्थानीयबासीको भनाई छ।

रुकुमलाई वातावरणमैत्री जिल्ला बनाउने अभियानका साथ आफ्नो गाउँबाट हरियाली गाउँ निर्माण गर्दै पर्यटकीय क्षेत्र बनाइने स्थानीय सुरेन्द्र खत्रीले बताए। उनका अनुसार जिल्ला विकास समिति रुकुमले पनि स्थानीय समुदायको कामलाई सह्रानीय भन्दै रुकुम हरियाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। जिविस रुकुमले प्रोत्साहन स्वरुप हरेक घरलाई एक हजार रुपैयाँ दिने निर्णय गरेको छ।

रुकुमलाई हरियाली प्रर्बद्धन तथा वातावरणमैत्री जिल्ला बनाएर विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने मुख्य उद्देश्य रहेको रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्र राणाले बताए। उनका अनुसार पूर्ण सरसफाईयुक्त, वातावरण मैत्री पर्यटकीय जिल्ला निर्माण गर्न एउटा गाउँले थालेको अभियानले सकारात्मक सन्देश दिएको छ। 

‘तर त्यसका लागि हरियो प्रर्वद्धन कार्यक्रममा प्रतिबद्धता गर्ने जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सँगै सरकारी कार्यालयहरुले पनि आफ्ना भवनहरुमा हरियो रङ अनिवार्य गरेमात्र अभियान सार्थक हुनेछ’, स्थानीय विकास अधिकारी राणाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.