|

काठमाडौं : झापाको बिर्तामोडस्थित  बी एण्ड सी मेडिकल कलेजले आगामी मंसिर १ गते देखि एमबीबीएस पढाई सुरु गर्ने तयारी गरेको छ।

एमबीबीएस पढाई सुरु गर्न कलेजको प्रिन्सिपलकारुपमा १० दिनअघि त्रिवि शिक्षण अस्पतालका प्रा.डा. रामप्रसाद उप्रेतीलाई नियुक्ति गरिएको छ।

 कलेजका कार्यकारी अध्यक्ष दुर्गा प्रसाइले चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन पाउनेबित्तिकै कलेज सञ्चालन गर्ने तयारी रहेको बताए। ‘हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ, सम्बन्धन पाएको भोलीपल्टदेखि नै कक्षा सञ्चालनको तयारीमा छौँ', प्रसाईले भने, 'हाल कलेजको अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न लागेका छौँ।'

‘नर्सिङ, बी फार्मेसी, बीएमएलटी लगायत १० वटा कार्यक्रम पनि ल्याउने तयारी भएको प्रसाईले बताए। 'मास्टर्स डिग्री पनि चलाउने र इन्टरनेशनल कोल्याब्रेसन पनि गर्ने योजना छ', निर्देशक प्रसाईले भने,'बी एन्डसीलाई नेपालको नम्बर वान र एसियाको चर्चित मेडिकल कलेज बनाउने संकल्प बोकेका छौँ।'

२०६८ माघ २० गते मेडिकल कलेज सञ्चालनको मनसाय लिएर बसेको कलेजले विभिन्‍न कारणले अझै सम्बन्धन पाउन सकेको छैन।  मेडिकल कलेज सञ्चालन गर्न सम्पूर्ण मापदण्ड पुरा गरेको प्रस्तावित कलेजको बिर्तामोडमा १२ सय शैश्याको बी एण्ड सी अस्पताल सञ्चालमा छ। झापाकै मेचीनगर नगरपालिमा सुविधासम्पन्‍न कलेज सञ्चालन गर्न चार वर्षअघि नै भौतिक संरचना तयारी अवस्थामा राखिएको छ।

चिकित्सा शिक्षाको प्रसंग आउँदा दुई वर्षयता बी एण्ड सी मेडिकल कलेज नछुट्ने नाम हो। डा. गोविन्द केसीको अनसन र बी एण्ड सीको सम्बन्धनले गत वर्ष तरंग नै ल्यायो ।

यद्यपि बी एन्ड सी मेडिकल कलेजले सम्बन्धन पाउन सकेको छैन। चिकित्सा शिक्षा ऐनमा व्यवस्था भए अनुसार मापदण्ड पुगेका र पहिल्यै आशय पत्र लिइसकेका उपत्यका बाहिरका प्रतावित मेडिकल कलेजहरु सञ्चालन हुन पाउने उल्लेख छ।  त्यही व्यवस्थाका कारण बी एन्ड सीलाई मेडिकल कलेज सञ्चालनको बाटो करिब खुलेको हो।

हाल नेपालमा सञ्चालित मेडिकल कलेजहरुमा सबैभन्दा राम्रो भौतिक पूर्वाधार रहेको कलेजका प्रतावित बी एण्ड सी मेडिकल कलेजलाई लिने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.